कांग्रेस महामन्त्री थापाद्वारा टिकटक बन्द गर्ने सरकारको निर्णय गलत भएको टिप्प्णी – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कांग्रेस महामन्त्री थापाद्वारा टिकटक बन्द गर्ने सरकारको निर्णय गलत भएको टिप्प्णी

काठमाडौं। कांग्रेस महामन्त्री गगनकुमार थापाले टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउदै सरकार यस्तो निर्णय गरेर उल्टो बाटोमा हिँडेको बताएका छन्।

आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटकलाई बन्देज लगाउने निर्णय गरेको केही समयपछि नै सामाजिक सञ्जाल फेसवुकमा स्टाटस पोष्ट गर्दै महामन्त्री थापाले टिकटक नियमन गर्ने नाममा बन्द नै गर्नु गलत भएको बताएका हुन्।

उनले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन गर्न छाडेर बन्द नै गर्नु सरकारको सरासर गलत कदम भएको बताएका छन्। उनले भनेका छन् ‘यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो।’

महामन्त्री थापाले सरकारको नियत ‘अभिव्यक्ति तथा बैयक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखिएको आरोपसमेत लगाएका छन् ।

हेर्नुुस् महामन्त्री थापाको स्टाटस जस्ताको तस्तै –

टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ।

सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो।

यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यो सरकारको नियतको विषय हो। यसमा सरकारको नियत ’अभिव्यक्ति तथा व्यैक्तिक स्वतन्त्रता’ लाई कुण्ठित गर्ने देखियो। सरकारले यो कदम सच्चाउनु पर्छ, यसमा किन्तु परन्तु केही पनि चल्दैन।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० कार्तिक २७, १५: १८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० कार्तिक २७, १५: १८

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० कार्तिक २७, १५: १८

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...