
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सञ्जाल टिकटिक बन्द गर्ने सरकारको निर्णय प्रति असहमति जनाउँदै नेताहरु भ्रष्ट भए भन्दैमा दलहरुमाथि नै प्रतिबन्ध लगाउन नहुने टिप्पणी गरेका छन्।
सभापति लामिछानेले सामाजिक संजाललाई बन्द नगरेर नियमन गर्नुपर्नेमा जोड दिँदै विषयवस्तुको नियमन गर्नुपर्नेमा माध्यमलाई नै प्रतिबन्ध लगाउन खोजिएको टिप्पणी गरे।
‘अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष? प्राविधिक रुपमा खराबलाई नियन्त्रण गर्न सकिन्छ। यो निर्णय गर्ने सत्ताधारी दलकै कैयौ नेताहरु भ्रष्ट होलान्, के अब पार्टी नै बन्द गरिदिने हो त?’ रास्वपाका सभापति लामिछानेले भनेका छन्।
आजको युगमा सामाजिक सञ्जालको विकल्प सुधारिएको सामाजिक सञ्जाल नै भएको बताए।
सत्तारुढ नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले छुट्टाछुट्टै सामाजिक सञ्जालबाट सरकारले टिकटिकमा लगाएको प्रतिवन्ध लगाएकोमा गम्भीर आपति जनाएको प्रति टिप्पणी गर्दै सभापति लामिछानेले भने ‘सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीको विरोधको अर्थ चाहिँ बुझिएन । के यो निर्णय माओवादी केन्द्रको मात्रै हो?’
टिकटकका कैयौं प्रयोगकर्ता र तिनका विषयवस्तु खराब भएपछि सबै गलत नभएको उनले बताए। उनले गलत भएकै आधारमा यस्तो निर्णय हुने भए सबै प्लेटफर्मलाई बन्द गर्नुपर्ने अवस्था आउने टिप्पणी गरेका छन्।
सभापति लामिछानेले समस्या प्लेटफर्मको नभई सामग्रमिा रहेको, अराजकता माध्यमको नभएर अभिव्यक्तिमा रहेको बताए।
उनले टिकटकका कैयौं उपयोगकर्ता र सामग्री खराब रहेको तर सबै उपयोगकर्ता र सामग्री खराब नभएको तर्क गर्दै प्राविधिक रुपमा खराबलाई नियन्त्रण गर्न सकिने बताए ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...