
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले सामाजिक सञ्जालको नियमन नगरी नियन्त्रणमा लाग्नु संविधानको परिकल्पना विपरित भएको बताएका छन्।
सरकारले सोमबार सामाजिक सञ्जाल टिकटकलाई प्रतिवन्ध लगाउने भनी गरेको निर्णयप्रति गम्भीर असहमति जनाउँदै उनले लोकतान्त्रिक मुलुकमा अभिव्यक्ति स्वतन्त्रताको उच्च स्थान रहेको भन्दै बढ्दो सूचना प्रबिधिको विकाससंगै विचार अभिव्यक्तिका लागि सामाजिक संजाल प्रभावकारी माध्यमका रुपमा स्थापित भएको बताएका छन्।
नेता महरले सामाजिक सञ्जालको नियमन आजको आवश्यकता हो भन्दै नियन्त्रण, अभिव्यक्ति स्वतन्त्रताका स्थापित अन्तर्राष्ट्रिय सीमा बिपरित मात्र होइन हाम्रो संविधानको परिकल्पना विपरित रहेको बताए।
उनले यसकारण टिकटक बन्द होइन, समग्र सामाजिक संजालको उचित÷प्रभावकारी नियमनमा ध्यान दिऔ भनी सरकारको ध्यानाकर्षण समेत गराएका छन्।
“सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न उचित र प्रभावकारीनियमन आवश्यक छ । नियमन गर्ने नाममा सामाजिक सञ्जालबन्द गरिनु गलत हो। यसरी टिकटक बन्द गरिनुकाे पछाडि सरकारको नियत के हाे भन्ने यक्षप्रश्न हाे ,” उनले भने ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...