
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले टिकटक बन्द गर्ने संघीय सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।
उनले सामाजिक सञ्जाल फेसवुकमा मंगलबार एक स्टाटस पोष्ट गर्दै टिकटक नगरी अन्य सामाजिक सञ्जाल पनि नियम, कानून र करको दायरामा ल्याएर चलाउन पाइयोस भनेका छन्।
मेयर बालेनले आफ्नो फेक आइडीमार्फत पुराना भिडिओहरु पोस्ट गरी दुरुपयोग भएको बताउँदै तर टिकटक बन्दै भने गर्न नहुने बताए।
उनले लेखेका छन, ‘अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियम र करको दायरामा ल्याउने प्रयास गर्दा राम्रो होला । अब भनेको करको दायरामा ल्याउने र टिकटकमार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्ने हो । अहिले जस्तो बन्द नै गर्ने होइन । बन्द समाधान होइन ।’
सरकारको बन्द गर्न निर्णयले विकृति फैल्याउने किसिमका आइडी, पोस्ट नियमन गर्ने दह्रो आधार टिकटकसँग बनोस् र मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् भन्ने कामना पनि मेयर बालेनले गरेका छन् ।
‘अब यो बन्दलाई टिकटकसँग नियमन गर्नलाई दह्रो आधार बनोस् । मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस्’, उनले लेखेका छन् ।
यस्तो छ बालेनको स्टाटस ः
यदि तपाईँहरू टिकटक चलाउनुहुन्थ्यो भने धेरै पटक मेरो केही समय पहिलेको भिडियो दुरुपयोग गरेर ‘टिकटक लाइभ’ गरेको देख्नु भयो होला । केही समय यता मेरो नाममा यस्ता धेरै फेक आइडी बनेका छन् । जसले मिथ्या सूचना प्रसारण गरेका पनि छन् ।
हामीले यस्ता फेक आइडी बन्द गर्न टिकटकलाई पटक–पटक अनुरोध गर्यौं । नेपाल प्रहरीको साइबर ब्यूरो पनि गुहार्यौं । नेपाल दूरसञ्चार प्राधिकरण पनि गुहार्यौं । सबैले प्रयास गर्दा पनि टिकटकले यस्ता फेक आइडी हटाउने र मिथ्या सूचना रोक्ने कुरामा ध्यान नदिएको अवस्था थियो ।
मेरो व्यक्तिगत रूपमा धेरै नै फेक आइडीले गर्दा शुभचिन्तकहरूले दुःख पाउनु भएको अवस्था थियो । तर यो भन्दैमा अहिले जस्तो टिकटकलाई बन्दै गर्नु पर्छ भन्ने हैन । यसले विकृति मात्रै ल्याएको मात्र छैन, धेरै नयाँ उद्यमीलाई आफ्नो बजार प्रवर्द्धन गर्ने थलो भएको भएको छ । साथै मौका नपाएका प्रतिभाहरूलाई आफ्नो प्रतिभा देखाउने ठूलो प्लेटफर्म भएको छ । यति मात्रै हैन टिकटकले नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रियकरण गर्न मद्दत गरेको पनि छ ।
अब नेपाल सरकारलाई मेरो अनुरोध टिकटक मात्र हैन अन्य सामाजिक सञ्जालहरूलाई अनुगमन, नियम र करको दायरामा ल्याउने प्रयास गर्दा राम्रो होला । अब भनेको करको दायरामा ल्याउने र टिकटकमार्फत सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्ने हो । अहिले जस्तो बन्द नै गर्ने होइन । बन्द समाधान होइन ।
अब यो बन्दलाई टिकटकसँग नियमन गर्नलाई दह्रो आधार बनोस् । मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...