अमेरिकी राष्ट्रपति वाईडेन र चीनियाँ समकक्षी सीबीच भेटवार्ता – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

अमेरिकी राष्ट्रपति वाईडेन र चीनियाँ समकक्षी सीबीच भेटवार्ता

सान फ्रासिन्सिको। अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनियाँ राष्ट्रपति सी जिनपिङ बिचमा भेटवार्ता भएको छ। सो क्रममा अमेरिकी राष्ट्रपति वाइडेनले दुई देश बिचको सम्बन्धको अवस्थालाई रचनात्मक र फलदायी बैठकको रूपमा वर्णन गरेका छन्।

सीसँगको वार्ता पछि वाईडेनले भने, ‘हामीले केही रचनात्मक र फलदायी छलफलहरू गरेका छौं तर हामी सधैँ सहमत सबै विषयमा भएका त छैनौँ।’ उनका अनुसार राष्ट्रपति सीसँगको उनको वार्ता सधैँ प्रस्ट रुपमा हुने गरेको छ ।

‘मेरो जिम्मेवारी यसलाई तर्कसंगत र व्यवस्थित बनाउनु हो ताकि यसले द्वन्द्वमा नलैजाओस, अमेरिकाले सबैको बारेमा सोच्ने र गर्ने पनि यही हो। अब पनि एक ठाउँ खोज्न जहाँ हामी सँगै आउन सक्छौँ र जहाँ हामी पारस्परिक चासो पाउन सक्छौँ र सबैभन्दा महत्त्वपूर्ण अमेरिकी जनताको हितमा मैले काम गर्नुपर्ने हुन्छ’ सो भेट पछि राष्ट्रपति वाइडेनले भने।

बाइडेनले उपराष्ट्रपतिको रूपमा आफ्नो समयमा सीसँग गहिरो सम्बन्ध बनाएका थिए तर जुन पछि बिग्रँदै गयो। तैपनि उनले सीसँग सीधा सिधा वार्ता गरेका छन्।

‘म मानिसलाई चाँडो चिन्दछु, मलाई उहाँको मोडस अपरेन्डी थाहा छ, मैले उहाँको आँखामा हेरे,’ उनले भने, ‘हो हामी बिचमा धेरै नै असहमति छ। उहाँसँग धेरै चीजहरूमा मेरो भन्दा फरक दृष्टिकोण छ तर उहाँ सीधा हुनुहुन्छ।’

उनका अनुसार दुई नेता बिचमा कुनै समस्या भएमा फोन वार्तामार्फत समस्या समाधान गर्नका लागि सहमत भएका छन ताकी दुवै देश अगाडि बढ्ने कुरा गर्न चाहन्छन्।

चार घण्टा लामो शिखर वार्तामा दुई नेताले फेन्टानिलको प्रवाहलाई रोक्न, सैन्य सञ्चार पुनर्स्थापना र आर्टिफिसियल इन्टेलिजेन्समा सँगै काम गर्ने विषयमा सहमति जनाएका बाइडेनले बताएका छन्।

बिडेनले भने कि फेन्टानिलका लागि अग्रसर रसायनहरू कम गर्ने चीनको सम्झौताले जीवन बचाउने र यस विषयमा सीको प्रतिबद्धताको कदर गरेकोसमेत बताएका छन्।

सम्बन्धित समाचार

राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
  • २०८० कार्तिक ३०, १४: १७

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०८० कार्तिक ३०, १४: १७

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०८० कार्तिक ३०, १४: १७

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...