
नयाँ दिल्ली। भारत सरकारले भोली मंसीर १ गते भर्चुअल ढाँचामा दोस्रो भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना गर्ने भएको छ।
भ्वाइस अफ ग्लोबल साउथको दोस्रो संस्करणले भारतको अध्यक्षतामा सम्पन्न विभिन्न जी–२० बैठकहरुले हासिल गरेका मुख्य उपलब्धिहरु ग्लोबल साउथका राष्ट्रहरुसँग साझेदारी गर्ने भएको हो।
विश्वव्यापी विकासका कारण देखा परेका चुनौतीका विषयमा समेत छलफल हुने बैठक अझ बढी समावेशी, प्रतिनिधिमूलक र प्रगतिशील विश्व व्यवस्था होस् भन्ने साझा आकांक्षालाई पुरा गर्न आवश्यक तरिकाहरु उपर छलफल गर्न यो शिखर सम्मेलनले एउटा मञ्चको रुपमा काम गर्ने बताइएको छ।
जी–२० को अध्यक्षता अवधिमा भारतले ग्लोबल साउथका सरोकारहरुलाई समयमै सम्बोधन गर्ने र जल्दोबल्दो विश्वव्यापी चुनौतीका समाधान खोज्ने र प्राथमिकतालाई ध्यानमा राखेर काम गर्ने बताईको छ।
भारतले यसअघि गतवर्ष २०७९ पुष २८देखि २९गतेसम्म भर्चुअल माध्यमबाट पहिलो पटक भ्वाइस अफ ग्लोबल साउथ समिटको आयोजना गरेको थियो।
भारतको यस नवीनतम पहलले साझा मञ्चमार्फत आ–आफ्ना विचार तथा प्राथमिकता एक अर्कासँग साटासाट गर्न ग्लोबल साउथका १२५ राष्ट्रलाई एकै ठाउँमा ल्याएको थियो।
भ्वाइस अफ ग्लोबल साउथ समिटको दोस्रो संस्करण १० वटा सत्रमा विभाजन गरिने भएको छ। समिटको उद्घाटन र समापन सत्र राष्ट्र प्रमुख÷सरकार तहमा हुनेछन् र प्रधानमन्त्री श्री नरेन्द्र मोदीले यसको सञ्चालन गर्नु भएका छन्।
उद्घाटन सत्रको विषयवस्तु “एकसाथ, सबैको विकासका लागि, सबैको विश्वाससँगै” र समापन सत्रको विषयवस्तु “ग्लोबल साउथ ः एक भविष्यका लागि एकसाथ” रहेको छ।
यी बाहेक, सम्मेलनमा आठवटा मन्त्रीस्तरिय सत्रहरु रहने भएका छन्। ती सत्रहरुमा इण्डिया एण्ड द ग्लोबल साउथः इमर्जिङ टुगेदर फर अ बेट्टर फ्युचर नामक विषयवस्तुमा विदेशमन्त्री सम्मिलित पत्र, फाइनान्सियल पीपुल सेन्ट्रिक डेभलपमेन्ट नामक विषयवस्तुमा अर्थमन्त्री सम्मिलित सत्र, मेकिङ ह्युमन रिसोर्स फ्युटर रेडी नामक विषयवस्तुमा शिक्षामन्त्री सम्मिलित सत्र, एफोर्टएवल एण्ड इन्क्लुसीभ इनर्जी ट्रान्जिसन फर सस्टेनएवल डेभलपमेन्ट नामक विषयवस्तुमा उर्जामन्त्री सम्मिलित सत्र संचालन हुने भएको छन्।
त्यस्तै, सन्टेनेवल सोलुसन फर क्लाईमेट रेसिलेन्स एण्ड क्लाईमेट फाईनान्स नामक विषयवस्तुमा वातावरण सम्मिलित सत्र, ग्लोवल साउथ एण्ड वन डेभलपमेन्ट नामक विषयवस्तुमा विदेशमन्त्री सम्मिलित सत्र,सोलुसन फ्रम द ग्लोवल साउथ फर वन हेल्थ नामक विषयवस्तुमा स्वास्थ्यमन्त्री सम्मिलत सत्र र ग्लोवल साउथ एण्ड रेसिलेन्ट सप्लाई चेन्स नामक विषयवस्तुमा वाणिज्य वा व्यापार मन्त्री सम्मिलित सत्र संचालित हुने भएको छ।
पूर्वउपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले २०७९ साल पुष २८ गते भर्चुअलि आयोजना गरिएको ‘भ्वाइस अफ ग्लोबल साउथ समिट’को बैठकमा सहभागीता जनाएका थिए।
सो बैठकमा अन्य राष्ट्रका अर्थमन्त्री पनि उपस्थित थिए । यस वर्ष भारतमा सम्पन्न जी–२० सम्मेलनको फाइनान्स ट्रयाक बैठकमा पनि नेपालले सहभागीता जनाएको थियो ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...