
काठमाडौँ। भारतको उत्तरकाशी यमुनोत्री राष्ट्रिय राजमार्गमा निर्माणाधीन सिल्कियारा सुरुङको एक भाग भत्किएपछि चार दिनदेखि खानीमा फसेका मजदुरलाई पाईपको माध्यमबाट औषधि र खाना पठाइएको छ।
विगत ४ दिनदेखि फसेका मजदुरको उद्धार गर्न दिल्लीबाट पठाईएको हेभी अमेरिकन अगर मेसिनले बिहीबारदेखि उत्खनन् सुरु गरेको छ। ड्रिलिंग पछि, एस्केप टनेलमा ठूला व्यासको स्टिल पाइपबाट निकास तयार भइरहेको छ।
अगर मेसिनबाट ड्रिलिङको काम सुरु भए पनि साँझसम्म डेढ पाइप मात्रै भग्नावशेषमा हाल्न सकिएको थियो । अलाइनमेन्टमा विशेष ध्यान दिँदा पाइप वेल्डिङमा एकदेखि डेढ घण्टा समय लाग्ने गरेको बताईएको छ।
सुरुङमा करिब १ देखि १ मिटर फोहोर फैलिएको छ । यसबाट उद्धार कार्यमा अझै एक–दुई दिन लाग्ने अनुमान गरिएको छ।
पाईपबाटै औषधि
मंगलबार राति सुरुङभित्र रहेका एक मजदुरको स्वास्थ्य अवस्था बिग्रन थालेको थियो। उनलार्ई रिँगटा लागिरहेको र वान्ता भइरहेको सूचना पाएपछि बाँकी कामदार डराएका थिए। त्यसपछि चिकित्सकको सल्लाहमा पाइपमार्फत उनीहरुलाई औषधि पठाइएको थियो।
कतिपय मजदूरले ज्वरो आउने, शरीर दुख्ने र नर्भस हुने गुनासो गरिरहेका छन्। उनीहरूलाई औषधि कसरी लिने भनेर पर्चा पनि पठाइयो । मजदुरको अवस्था बिग्रिएको सुनेपछि उनीहरुका सहकर्मीले पनि चिन्ता गरेका थिए।
उद्धार अभियान
सिल्कियारा सुरुङमार्गको एक भाग भत्किँदा पाँच दिनदेखि अलपत्र परेका मजदुरको उद्धारको प्रयास तीव्र पारिएको छ। दिल्लीबाट ल्याइएको अमेरिकी अगर मेसिनबाट बिहीबारदेखि ड्रिलिंग सुरु भएको हो।
ड्रिलिंग पछि, ठूला व्यासको स्टिल पाइपबाट एस्केप टनेल बनाइनेछ, जसबाट कामदारहरूलाई बाहिर निकाल्न सकियोस् । त्यस क्षेत्रमा आम मानिस र सञ्चारमाध्यमको आवतजावतमा रोक लगाइएको छ।
पाईपबाटै खानेकुरा
कतिपय कामदारको स्वास्थ्य बिग्रिएको खबर पनि आएको छ । तर, हरेक आधा घण्टामा कामदारलाई खाद्यान्न पठाइँदै छ । पाइपबाटै अक्सिजन, बिजुली, औषधि र पानी पनि निरन्तर आपूर्ति भइरहेको छ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले प्रतिघण्टा पाँचदेखि सात मिटरको गतिको मेसिनले निकास खोलिँदै गरेको र सुरुङभित्र फसेका मजदुरसम्म छिट्टै पुग्ने बताए । उनले भने, उत्तराखण्ड सरकारले राज्यमा निर्माणाधीन सबै सुरुङहरूको समीक्षा गर्ने निर्णय गरेको छ ।
सबै मजदूर सकुशल
सिल्कारा पुगेका प्रदेश प्रहरी महानिर्देशक अशोक कुमारले सुरुङमा फसेका सबै मजदुर सकुशल रहेको र उनीहरुसँग निरन्तर वार्ता भइरहेको बताए । सुरुङमा फसेका झारखण्ड निवासी १२ वर्षीय महादेवले मामासँग कुरा गरेका थिए । महादेवले आफू र उनका सबै साथी सकुशल रहेको बताए।
सुरुङमा फसेका महादेवको मामासँग कुरा गरेको अडियो पनि सार्वजनिक भएको छ । चारधाम अल वेदर रोड आयोजना अन्तर्गत निर्माणाधीन सुरुङको केही भाग सिल्क्यरातर्फ भत्किएको थियो ।
फसेका मजदुरको उद्धार गर्न वायुसेनाको विमानबाट दिल्लीबाट चिन्यालिसौरमा हेभी अगर मेसिन पठाइएको थियो। राज्य सरकारको अनुरोधमा प्रधानमन्त्री कार्यालयको निर्देशनमा सेनाको अल्ट्रा–आधुनिक अगर मेसिन उपलब्ध गराइएको बताइएको छ। ग्रिन करिडोर बनाएर यी मेसिनलाई घटनास्थलमा पठाइएको छ ।
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...