देवेन्द्रराज कँडेल भए कांग्रेसको सहकारी विभाग संयोजक – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

देवेन्द्रराज कँडेल भए कांग्रेसको सहकारी विभाग संयोजक

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री देवेन्द्रराज कँडेल पार्टीको सहकारी विभागको संयोजक भएका छन्।

कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद देवेन्द्रराज कँडेललाई कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ३७ बमोजिम मनोनयन गरेका हुन्। यसअघि सभापति देउवाले १६ वटा विभाग प्रमुख नियुक्त गरेका थिए।

सभापति देउवाले गत जेठ १२ मा पार्टीका केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्मालाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएका थिए। विश्वकर्माले विभागलाई पूर्णता दिईसकेका छन्। अन्य विभागले भने सदस्य पनि चयन गर्न सकेको छैन्।

भदौमा १५ मा सभापति देउवाले १५वटा विभागको संयोजकहरु मनोनीत गरेका थिए। जसमा पुष्पा भुसाललाई महिला विभाग, चीनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार विभाग, योगेन्द्र चौधरीलाई थारू विभाग, गेहेन्द्र गिरीलाई जेष्ठ नागरिक समन्वय विभाग, आंगेलु शेर्पालाई पर्यटन विभाग, डा.रणबहादुर रावललाई गैरसरकारी संस्था समन्वय विभाग, दिलमान पाख्रिनलाई आदिवासी जनजाति विभागको संयोजक मनोनीत गरेका थिए।

केन्द्रीय सदस्य नानु बाँस्तोलालाई जिल्ला सम्पर्क समन्वय समिति विभाग, रंगमती शाहीलाई पिछडिएको क्षेत्र विभाग, गुरु बराललाई आपूर्ति तथा उपभोक्ता समन्वय विभाग र मदनकृष्ण श्रेष्ठलाई अपांगता भएका व्यक्ति र समुदाय समन्वय विभाग संयोजकको जिम्मेवारी दिइएको थियो।

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० मंसिर १, १४: ५६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० मंसिर १, १४: ५६

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० मंसिर १, १४: ५६

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...