
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर पूजा आराधना गरेका छन्। पौडेलसँगै प्रथम महिला सविता पौडेलले अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए।
पहिले गुह्येश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेका राष्ट्रपति पौडेलले त्यसपछि कमलपोखरी गएर छठ पूजास्थलमा पूजा आराधना गरेका थिए।

राष्ट्रपति पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारीm आशामान संगत, र छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले गुहेश्वरीमा स्वागत गरेका थिए।

कमलपोखरीको पूजास्थलमा प्रतिनिधिसभा सदस्य एवम् कांग्रेस महामन्त्री गगनकुमार थापा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, महानगरका वडाअध्यक्षहरु र छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए। भोली विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठपूजा सम्पन्न हुनेछ।



ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...