
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकार छाड्न चेतावनी दिएका छन्।
एमालेले आगामी मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर शुरु गर्ने अभियानको पूर्वसन्ध्यामा पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गर्दै अध्यक्ष ओलीले सरकारलाई उपयुक्त ढंगले सञ्चालन गर्न नसक्ने हो भने सरकार छाड्न चेतावनी दिएका हुन्।
‘कि उपयुक्त ढंगले सरकार चलाउनुपर्छ, होइन भने सरकार छोड्नुपर्छ’, ओलीले भने। उनले अहिलेको सरकारको निकम्मापनले प्रतिगमनतर्फ जाने अनुकल परिस्थिति सिर्जना गर्नुका साथै प्रतिगामी शक्तिहरुलाई हौसला मिलेको आरोप लगाए।
उनले देशलाई प्रतिगमनतर्फ जान एमालेले नदिने भन्दै इतिहास भइसकेको राजतन्त्रको नाममा केही मानिस खुलेआम सडकमा उफ्रिन थालेको बताए।
उनले देशलाई प्रतिगमनतर्फ जान नदिन मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानपछि आन्दोलनकारी ढंगले अघि बढ्नुपर्ने देखिएको जनाउँदै लोकमार्ग केन्द्रित अभियानपछि सही र सर्वसम्मत निष्कर्षका साथ एमाले पनि मैदानमा उत्रिने बताए।
एउटा प्रणाली नै परिर्वतन गरेर प्रतिगमनमा लैजान खोज्ने, अर्को अहिलेकै प्रणाली कायम राख्न खोज्ने, तर यथास्थितिवादीहरु रहेको भन्दै ओलीले दुबैलाई सफल हुन नदिने बताए। देशलाई अगाडि बढाउने जिम्मा एमालेले लिने भन्दै उनले भने, ‘कसरी भन्ने छलफल गर्छौं, भएन भने जनबलको प्रयोग गर्नुपर्ने हुनसक्छ।’
संविधानले मध्यावधिको कल्पना गरेको छैन भन्ने संविधान नपढेकाहरुको तर्क भएको भन्दै ओलीले सरकार उपयुक्त ढंगले चलेन भने चुनाव हुने बताए। आफू प्रधानमन्त्री भएको बेला पनि दुई तिहाइको सरकार चल्न नसक्ने स्थिति बनाएपछि चुनावमा जाने बाटो रोजेको तर सम्पूर्ण शक्ति लागेर रोकेको ओलीको गुनासो थियो।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...