
काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीका १५ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुको सरुवा गरेको छ। बिहीबार उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
मन्त्रालयले एसएसपी गोपालचन्द्र भट्टराईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, दिपक रेग्मीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, दिलिप सिंह देउवालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, दिल्लीराज विष्टलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ध्रुवराज राउतलाई प्रहरी प्रधान कार्यालयस्थित ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ।
यस्तै, विनोद घिमिरेलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरी, सञ्जीव शर्मा दासलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा पठाइएको छ । सुदर्शन प्रसाद कोइरालालाई प्रदेश समन्वय निर्देशनालय, सुरेन्द्र बहादुर गुरुङलाई मधेश प्रदेश कार्यालय बीरगञ्ज र हिमालय श्रेष्ठलाई प्रहरी तालिम केन्द्र बुटवलमा सरुवा गरिएको छ।
यसअघि काज गरिएको काठमाडौँ र उपत्यका प्रहरी कार्यालयका एसएसपीहरुको दरबन्दी कायम गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।



ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...