कोठामा सँगै बस्ने साथिको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कोठामा सँगै बस्ने साथिको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपालीको मृत्यु

पर्वत । पोर्चुगलमा रोजगारीका लागि गएका कुश्मा नगरपालिका–१३ खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको आफ्नै साथिको छुरा प्रहारबाट मृत्यु भएको छ।

करिब छ महिना अघि पोर्चुगल पुगेका उनलाई एउटै कोठामा बस्दै आएका ‘रुम पार्टनर’ स्याङ्जाको पुतलीबजार नगरपालिका–१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले छुरा प्रहार गरी घाईते बनाएका थिए।

गत कार्तिक २९ गते नेपालमा तिहार मनाइरहेको दिनमा सामान्य भनाभनकै क्रममा गुरुङले क्षेत्रीमाथि छुरा प्रहार गरेर घाइते बनाएका थिए। पोर्चुगलमा बस्दै आएका रमेशराज बास्तोलाका अनुसार उपचारकै क्रममा क्षेत्रीको बिहीबार मृत्यु भएको हो।

खाना खाने बेलामा टिफिन बक्समा खाना किन नहालेको भन्ने विषयमा क्षेत्रीमाथि गुरुङले आक्रमण गरेका थिए।

‘खाना खाने बेलामा टिफिन बक्समा खाना किन नहालेको भन्दै लोकेन्द्रले धनबहादुरमाथि आक्रमण गरी शरीरका विभिन्न भागमा छ पटक प्रहार गरेको र अत्यधिक मात्रामा रगत बगेको थियो। उपचारको लागि पोर्चुगलको राम्रो अस्पतालमा भर्ना नगर्दा उनी वाँच्न सकेनन्’, उनले भने ।

गुरुङलाई प्रहरी पक्राउ गरेको छ । घटनाको बारेमा शुक्रवार बिहान मात्रै परिवारलाई जानकारी गराइएको थियो।

खौलाका वडाध्यक्ष तेजप्रसाद शर्माका अनुसार धनबहादुर करिब डेढ वर्ष अगाडि घरबाट क्रोएसिया पुगेका थिए। त्यहाँबाट करिब छ महिना अगाडि पोर्चुगल पुगेका थिए। सामान्य परिवारका क्षेत्रीका तीन छोरा र एक छोरी गरेर चार जना सन्तान छन्।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० मंसिर ८, १४: २१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० मंसिर ८, १४: २१

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०८० मंसिर ८, १४: २१

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...