भारत -नेपाल संयुक्त सैनिक अभ्यास सूर्यकिरण १७औं आजबाट शुरु – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

भारत -नेपाल संयुक्त सैनिक अभ्यास सूर्यकिरण १७औं आजबाट शुरु

काठमाडौं । नेपाली सेनाका ३३४ जना सेना भारतको पिथौरागढमा हुने १७औं संस्करणको भारत नेपाल संयुक्त सैन्य अभ्यास सूर्यकिरणमा भाग लिन भारत पुगेका छन्।

भारतको उत्तराखण्ड राज्यको पिथौरागढमा आजदेखि डिसेम्वर ७ सम्म हुने संयुक्त अभ्यासमा नेपाली सेनाको टोलीले भाग लिएको हो। यस्तो अभ्यास भारत र नेपालमा पालै पालो हुने गर्छ।

सो संयुक्त अभ्यासमा भारतीय सेनाको कुमाउँ रेजिमेन्टका ३५४ जना सेनाले भाग लिँदैछन्। नेपाली सेनाबाट भाग लिनेहरु भने सबै तारा दल गणका सेनाहरु छन्।

सो अभ्यासमा जंगल वारफेयर, प्रतिआतंकवादबिरुद्धको अपरेसन, संयुक्त राष्ट्रसंघको आव्हानमा गरिने शान्ति कार्यमा मानविय सहायता र विपत्तमा राहत जस्ता विषय समेटिएका छन्।

भारतीय रक्षा मन्त्रालयका अनुसार सो अभ्यासमा ड्रोन र यसको प्रतिकारका उपाय, औषधि तालिम, हवाईसम्वन्धी र वातावरण संरक्षण विषयलाई केन्द्रमा राखिएको छ।

सो अभ्यासबाट अपरेसन क्षमता, हतियार प्रयोगको सीप र विस्तार तथा चुनौतिपूर्ण परिस्थितिको सामना गर्न संयोजन गर्ने क्षमता विकास हुने विश्वास गरिएको छ।

सो अभ्यासबाट दुवै देशका सैनिकबीच दह्रो मित्रता, विश्वास, सामुहिक सांस्कृतिक सम्वन्ध बृद्धि हुने र उच्च तहको फलदायी र सृजनशीलता प्रदर्शीत हुने विश्वास लिइएको छ।

सो अभ्यास दुवै देशको आपसी सम्वन्ध र छिमेकीको मित्रता अझ मजवुद हुने उद्देश्य रहेको छ ।

 

 

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० मंसिर ८, २२: ५७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० मंसिर ८, २२: ५७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० मंसिर ८, २२: ५७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...