
काठमाडौं। उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाँण थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ।
उच्च अदालत, पाटनलले रायमाझी र खाँणलाई थुनामा राखेर अनुसन्धान गर्न शुक्रबार आदेश दिएको हो। दुवै पूर्वमन्त्रीलाई जिल्ला अदालत काठमाडौंको आदेशमा थुनामा राखेर अनुसन्धान भईरहेको छ।
सो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश दिईएको छ। केसीलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको हो।
हाल पूर्पक्षका लागि थुनामै रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई समेत अदालतले १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ।
पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई समेत प्रहरीले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
सो प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरुको भने राय बाझिएको छ।
खाणलाई छाड्ने जनक पाण्डेको आदेशमा प्रकाश खरेलको राय बाझिएपछि अब अर्को इजलासमा यसको सुनुवाइ हुने भएको छ। उनको विषय तेस्रो न्यायाधीशकोमा पेश हुनेछ।
राय बाझिएपछि तेस्रो न्यायाधीश समक्ष मुद्दा पेश गरिने व्यवस्था छ। उच्च अदालत नियमावली २०७३ नियम १२ अनुसार संयुक्त इजलासमा राय बाझिएमा तेस्रो न्यायाधीश समक्ष पेश गर्नुपर्ने व्यवस्था छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...