नेकपा एकीकृत समाजबादीको महाधिवेशन जेठ ५ देखि ७ सम्म हुने – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

नेकपा एकीकृत समाजबादीको महाधिवेशन जेठ ५ देखि ७ सम्म हुने

काठमाडौं। नेकपा एकीकृत समाजबादीको प्रथम महाधिवेशन आगामी जेठ ५ देखि ७ गतेसम्म हुने भएको छ।

नेकपा एसको ६९औं सचिवालयको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

केन्द्रीय कार्यालय आलोकनगरमा विहान ११ बजेबाट सुरु भएको बैठकमा यसअघि माघ १४–१८ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरे पनि रुकुम पश्चिम र जाजरकोटमा गएको भूकम्प, राष्ट्रिय सभा निर्वाचन लगायतको कारण देखाएर महाधिवेशन हुन नसक्ने निष्कर्ष निकालेको थियो ।

यसअघि सचिवालयको सोमबारको बैठकले आगामी माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा पार्टीले भाग लिने निर्णय गरेको थियो। पार्टीको महाधिवेशन विभिन्न करणहरु देखाएर पछि सारिएको भन्दै पार्टीका सम्मानीत नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सार्वजनिक रुपमा असन्तुष्टि जनाउँदै आएका छन् ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० मंसिर १९, १५: ०७

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० मंसिर १९, १५: ०७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० मंसिर १९, १५: ०७

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...