शिक्षाको लगानी कसैले खोस्न सक्दैनः अर्थमन्त्री डा.महत – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

शिक्षाको लगानी कसैले खोस्न सक्दैनः अर्थमन्त्री डा.महत

नुवाकोट । अर्थमन्त्री डा.प्रकाशशरण महतले शिक्षामा गरेको लगानी कसैले खोस्न नसक्ने बताएका छन्।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित कुम्भेश्वर माध्यमिक विद्यालयको ५०औं वार्षिकोत्सव स्वर्णजयन्ती समारोहमा बोल्दै डा.महतले भने ‘अरु क्षेत्रमा गरेको लगानी मासिन, आगलागी हुनसक्छ, बाढी पहिरोले बगाउन सक्छ तर शिक्षाको लगानी कसैले खोस्न सक्दैन।’

‘शिक्षाको मन्दिरको प्राङ्गणमा उभिएर प्रविधिको विकाससँगै हामीले आफूलाई अगाडि सार्नुप¥यो, शिक्षक साथीहरुलाई मद्दत गर्न अनुरोध गर्न चाहन्छु’ उहाँले भन्नुभयो, ‘राजधानी काठमाडौं नजिक भएर नुवाकोट पछि प¥यो, हुने खाने पनि काठमाडौंतिरै बसाइ सरे । शिक्षामा कसैले वास्ता गरेन । जसले गर्दा नुवाकोट धेरै पछाडि प¥यो ।’

उने २०४६ पछि नुवाकोटमा विस्तारै विकास शुरु भएको जनाउँदै ककनीको बाटो काठमाडौं बिजुली लैजान बनाएको र ०४६ पछि पुल, सिँचाई, विजुली विस्तार भएको हो ।’ मन्त्री डा. महतले भने ‘विकास हुनुपर्छ, विकास सबैका लागि हो।’

आफू अप्ठ्यारो समयमा अर्थमन्त्री बनेको भन्दै महतले सीमित बजेटबाट अनावश्यक ठाउँमा धेरै खर्च भएको उनले बताए । उनले समर्पण र इमान्दारका साथ काम गर्ने कोशिस गरिरहेको भन्दै आफ्नो मन नुवाकोटमै भएकाले क्षमताले भ्याएसम्म काममा लागिरहने प्रतिवद्धता जनाए ।

काठमाडौंसँग सडक सञ्जाल जोडिएपछि सहर नुवाकोटमै बन्न थाल्ने, लगानी भित्रिने, जग्गाको मूल्य वृद्धि हुने र स्थानीयको आम्दानी बढेर समृद्धि हुने बाटोमा नुवाकोट जानसक्ने मन्त्री डा. महतले बताए।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० पुष १, १६: ५९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० पुष १, १६: ५९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० पुष १, १६: ५९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...