तनहुँमा बस दुर्घटना, ३२ जना घाइते – Naya Bikalpa
January 11, 2026, Sunday      Epaper

तनहुँमा बस दुर्घटना, ३२ जना घाइते

काठमाडौं । तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

वीरगन्जबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस आज बिहान ४:४० बजे तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारको ठूलो पहिरोस्थित पृथ्वी राजमार्ग सडक खण्डमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणका अनुसार बस अनियन्त्रित भएर सडकबाट अन्दाजी ५६ फिट तल खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी चालकसहित ३३ जना घाइते भएको र तीमध्ये १ जनाको अवस्था गम्भीर रहेको डिएसी खाँणले जानकारी दिए । घाइतेमध्ये १४ जना भारतीय नागरिक छन् ।

घाइतेमध्ये २ जनाको गण्डकी अस्पताल पोखरा, एक जनाको पोखरा शिक्षण अस्पताल र २९ जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र अस्पताल तनहुँमा उपचार भइरहेको डिएसपी खाँणले जानकारी दिए ।

घाइतेहरूमा अन्नपूर्ण गाउँपालिका–६ लुम्ले बस्ने वर्ष ३४ वर्षीय चालक अन्तिम सुनार, सहचालक तनहुँ शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटार बस्ने ३२ वर्षीय सागर श्रेष्ठ, तनहुँको म्याग्दे गाउँपालिका-६ खैरेनीटार बस्ने वर्ष ६० वर्षीय जुक्त प्रधान छन् ।

भारत घर भई पोखरा बस्दै आएक २२ वर्षीय राजकुमार पण्डित, ५० वर्षीय कमरूल मुस्किल, ३० वर्षीय सक्रण चौधरी, ३५ वर्षीय पप्पु मियाँ, २५ वर्षीय मोहम्मद आरस, ३० वर्षीय रामकिशोर पटेल, ३४ वर्षीय नौसाद आलम, ३४ वर्षीय मौसिद आलम, ४० वर्षीय करूण सेख, ३५ वर्षीय थरजन गैठी, २० वर्षीय ईरसाद गैठी छन् ।

त्यस्तै पर्साको कालिकामाई गाउँपलिका-१ का २३ वर्षीय जितेश यादव, पर्साको बहुदरमाई नगरपालिका-८ घर भएका २९ वर्षीय निवास साह र २९ वर्षीय बिजेष पटेल, पर्साको धोबिनी गाउँपालिका-५ का २९ वर्षीय राम निवास साह र २९ वर्षीय विजेश पटेल लगायत छन् ।

सम्बन्धित समाचार

कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल
कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल
  • २०८० पुष १९, १०: ५५

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई राजनीतिक पार्टी मात्र नभई देशका सबै प्रकारका वेथितिविरुद्धको अभियान भएको बताएका...

गायक प्रशान्त तामाङको निधन
गायक प्रशान्त तामाङको निधन
  • २०८० पुष १९, १०: ५५

काठमाडौं : गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षीय तामाङको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो...

आज ३०४औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
आज ३०४औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
  • २०८० पुष १९, १०: ५५

काठमाडौं । आज पृथ्वी जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता...