तनहुँमा बस दुर्घटना, ३२ जना घाइते – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

तनहुँमा बस दुर्घटना, ३२ जना घाइते

काठमाडौं । तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

वीरगन्जबाट पोखरा जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस आज बिहान ४:४० बजे तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारको ठूलो पहिरोस्थित पृथ्वी राजमार्ग सडक खण्डमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी मोहनबहादुर खाँणका अनुसार बस अनियन्त्रित भएर सडकबाट अन्दाजी ५६ फिट तल खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी चालकसहित ३३ जना घाइते भएको र तीमध्ये १ जनाको अवस्था गम्भीर रहेको डिएसी खाँणले जानकारी दिए । घाइतेमध्ये १४ जना भारतीय नागरिक छन् ।

घाइतेमध्ये २ जनाको गण्डकी अस्पताल पोखरा, एक जनाको पोखरा शिक्षण अस्पताल र २९ जनाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र अस्पताल तनहुँमा उपचार भइरहेको डिएसपी खाँणले जानकारी दिए ।

घाइतेहरूमा अन्नपूर्ण गाउँपालिका–६ लुम्ले बस्ने वर्ष ३४ वर्षीय चालक अन्तिम सुनार, सहचालक तनहुँ शुक्लागण्डकी नगरपालिका-६ खैरेनीटार बस्ने ३२ वर्षीय सागर श्रेष्ठ, तनहुँको म्याग्दे गाउँपालिका-६ खैरेनीटार बस्ने वर्ष ६० वर्षीय जुक्त प्रधान छन् ।

भारत घर भई पोखरा बस्दै आएक २२ वर्षीय राजकुमार पण्डित, ५० वर्षीय कमरूल मुस्किल, ३० वर्षीय सक्रण चौधरी, ३५ वर्षीय पप्पु मियाँ, २५ वर्षीय मोहम्मद आरस, ३० वर्षीय रामकिशोर पटेल, ३४ वर्षीय नौसाद आलम, ३४ वर्षीय मौसिद आलम, ४० वर्षीय करूण सेख, ३५ वर्षीय थरजन गैठी, २० वर्षीय ईरसाद गैठी छन् ।

त्यस्तै पर्साको कालिकामाई गाउँपलिका-१ का २३ वर्षीय जितेश यादव, पर्साको बहुदरमाई नगरपालिका-८ घर भएका २९ वर्षीय निवास साह र २९ वर्षीय बिजेष पटेल, पर्साको धोबिनी गाउँपालिका-५ का २९ वर्षीय राम निवास साह र २९ वर्षीय विजेश पटेल लगायत छन् ।

सम्बन्धित समाचार

देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
  • २०८० पुष १९, १०: ५५

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
  • २०८० पुष १९, १०: ५५

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
  • २०८० पुष १९, १०: ५५

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...