आज पनि प्रमुख दलका शीर्ष नेताहरुको बैठक बस्दै – Naya Bikalpa
January 11, 2026, Sunday      Epaper

आज पनि प्रमुख दलका शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको संयुक्त बैठक आज फेरि बस्दै छ । राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न आज फेरि बस्न लागेको हो ।

बुधबार बेलुकाको छलफल टुंगोमा पुग्न नसकेपछि बिहीबार बिहान ९ बजे फेरि बैठक बस्न लागेको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

राष्ट्रियसभाका २० सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै छ, जसमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित ९ जना एमालेबाट निर्वाचित सदस्य छन् ।

कार्यकाल सकिनुभन्दा एक महिना अघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आगामी माघ ११ गते निर्वाचन हुँदैछ । त्यसका लागि यही पुस २३ गते मनोनयन दर्ता हुँदै छ ।

सम्बन्धित समाचार

कांग्रेस विशेष महाधिवेशन : पहिलो दिन २६ सय ६२ प्रतिनिधिको नाम दर्ता
कांग्रेस विशेष महाधिवेशन : पहिलो दिन २६ सय ६२ प्रतिनिधिको नाम दर्ता
  • २०८० पुष १९, ११: ०९

काठमाडौं : नेपाली कांग्रेसको काठमाडौंमा आइतबारबाट सुरु भएको विशेष महाधिवेशनमा पहिलो दिन २६ सय ६२ जना प्रतिनिधिले नाम दताए गराएका...

कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल
कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल
  • २०८० पुष १९, ११: ०९

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई राजनीतिक पार्टी मात्र नभई देशका सबै प्रकारका वेथितिविरुद्धको अभियान भएको बताएका...

विशेष महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधिले गरे नाम दर्ता
विशेष महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधिले गरे नाम दर्ता
  • २०८० पुष १९, ११: ०९

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । विशेष महाधिवेशन उद्घाटन समरोहमा ६२.४...