काठमाडौं । चन्द्रागिरि नगरपालिकामा सार्वजनिक तथा निजि विद्युतिय सवारी साधनको लागि चार्जिंग स्टेशनको निर्माण हुने भएको छ ।
साझा यातायात र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा पहिलो चरणमा नागढुङ्गा र थानकोट गरि दुई स्थानमा चार्जिंग स्टेशनको निर्माण गर्न प्रारम्भिक सर्वेक्षण तथा नेपाल विद्युत प्राधिकरण संगको समन्वय गर्ने कार्य अघि बढेको हो ।
आज मिति २०८०/९/१८ गते बुधबार नगर प्रमुख घनश्याम गिरीज्यु तथा साझा यातायातका अध्यक्ष कनक मणि दीक्षितज्यु र महाप्रबन्धक महेन्द्र राज पाण्डेयज्यु सहितको टोलिद्वारा एक बैठक पश्चात् स्थलगत निरीक्षण कार्य पनि सम्पन्न गरेको छ ।
निरीक्षणको क्रममा नगर प्रमुखज्युले लामो तथा छोटो दुरिको सार्वजनिक यातायात तथा निजि सवारी साधनले उक्त चार्जिंग स्टेशनबाट सेवा लिन सक्ने कुरा जानकारी गराए । नेपाल विद्युत प्राधिकरणले आवस्यक ट्रान्सर्फमर जडान गरे लगत्तै निर्माण कार्य शुरु हुने कुरा साझा यातायातका अध्यक्ष कनक मणि दीक्षितज्युले बताए ।
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...
काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...