विदेशमन्त्री जयशंकर र राष्ट्रपति पौडेलबीच शिष्टाचार भेटवार्ता – Naya Bikalpa
January 11, 2026, Sunday      Epaper

विदेशमन्त्री जयशंकर र राष्ट्रपति पौडेलबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

विदेशमन्त्री जयशंकरले बिहिवार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गरेका हुन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बिहीबार विहान नै काठमाडौ आएका छन् ।

भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भिरतापूर्वक काम गर्न जरुरी रहेकोमा जोड दिए ।

उनले कृषि, उर्जा शक्ति, पर्यटनको विकास र मानव संसाधन विकास नेपालका प्राथमिकतामा भएको र यसमा सहकार्यका लागि आग्रह गरेका छन् ।
सो अवसरमा भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको बताउँदै सबै क्षेत्रहरूमा भारतको निरन्तर सहयोग रहने उल्लेख गरे ।

सम्बन्धित समाचार

कांग्रेस विशेष महाधिवेशन : पहिलो दिन २६ सय ६२ प्रतिनिधिको नाम दर्ता
कांग्रेस विशेष महाधिवेशन : पहिलो दिन २६ सय ६२ प्रतिनिधिको नाम दर्ता
  • २०८० पुष १९, ११: ५८

काठमाडौं : नेपाली कांग्रेसको काठमाडौंमा आइतबारबाट सुरु भएको विशेष महाधिवेशनमा पहिलो दिन २६ सय ६२ जना प्रतिनिधिले नाम दताए गराएका...

कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल
कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल
  • २०८० पुष १९, ११: ५८

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई राजनीतिक पार्टी मात्र नभई देशका सबै प्रकारका वेथितिविरुद्धको अभियान भएको बताएका...

विशेष महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधिले गरे नाम दर्ता
विशेष महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधिले गरे नाम दर्ता
  • २०८० पुष १९, ११: ५८

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । विशेष महाधिवेशन उद्घाटन समरोहमा ६२.४...