काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर बिहिबार (आज) बिहान काठमाडौं आएका छन् ।
नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर बिहीबार विहान काठमाडौं आएका हुन् ।
उनको यो सन् २०२४ को पहिलो नेपाल भ्रमण हो । उनी २०२४ मा पहिलो पटक नेपाल भ्रमणमा आउन पाउँदा धेरै नै उत्साहित भएको सामाजिक सञ्जाल मार्फत बताएका छन् ।
उनी आगामी २ दिनसम्म काडमाडौंमा हुने नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागि हुन् पाउदा उत्साहित भएको बताएका छन् ।
तीन वर्षपछि बस्न लागेको संयुक्त आयोगको बैठकमा उर्जा सहकार्य, व्यापार, कनेक्टिभिटी र सीमा समस्यालगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।
बैठकमा ऊर्जा सहकार्य, सीमा समस्या, प्रबुद्ध व्यक्ति समूह (ईपिजी) को प्रतिवेदन, सन् १९५० को सन्धि पुनरावलोकनलगायत विषयमा छलफल हुनेछ ।
विदेशमन्त्री जयशंकर शुक्रबार बिहान ८ बजे पशुपतिनाथको दर्शन गरेर मध्याह्न स्वदेश फर्किने छन् ।
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...
काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...