सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू) ले प्रश्नपत्र आउट गरेको भन्दै परीक्षा व्यवस्थापन प्रमुख नगेन्द्र साउदसहित ६ जनालाई निलम्बन गरिएको छ ।
पुस ३ गतेबाट सञ्चालन हुने भनिएको ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तह छैटौं सेमेस्टारको डिजाइन अफ स्ट्रक्चर विषयको परीक्षा प्रश्नपत्र हुनुभन्दा परीक्षा हुनु भन्दा पहिला नै प्रश्नपत्र बाहिरिएको थियो ।
उपकुलपति प्राध्यापक डा। नन्दबहादुर सिंहका अनुसार उक्त प्रश्नपत्र बाहिरिएपछि रद्द गरेर छानबिन भइरहेको छ ।
प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नता देखिएकोले परीक्षा व्यवस्थापन कार्यालयका प्रमुखसहित सम्बन्धित शाखाका ६ जना कर्मचारीहरुलाई कारबाही स्वरुप निलम्बन गरिएको मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा।डा। नन्दबहादुर सिंहले बताए ।
निलम्बनमा पर्ने परीक्षा व्यवस्थापन कार्यालयमा प्रमुख र सम्बन्धित इन्जिनियरिङ शाखामा काम गर्ने पाँच जना कर्मचारीहरू रहेका छन् । उनीहरुको ठाउँमा नयाँलाई जिम्मेवारी दिएको र अब छिट्टै परीक्षा सञ्चालन हुने उपकुलपति सिंहले बताए ।
‘‘प्रश्नपत्र चुहाएर पास गराउने पुरानै खेल रहेछ । यो विश्वविद्यालयको इज्जतसँग जोडिएको विषय भएकाले यस्ता गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउछौं । प्रश्नपत्र लिग गरेर केही विद्यार्थीलाई पास गराइन्छ भन्ने पहिले नै सुनेको थिए । पछि मैले टिम परिचालन गरे । पुस २ गते साँझ ६ः४१ बजे नै प्रश्नपत्र मेरो मोबाइलमा आएको थियो । भोलिपल्ट परीक्षा हुँदासम्म कुरे । मैले पाएको पश्नपत्र हुबहु रहेछ । अनि तत्काल परीक्षा रोक्न निर्देशन दिएको थिए,’ उनले भने ।
उक्त विषयमा प्राध्यापक संगठनहरुले भने स्वयं उपकुलपति सिंहको समेत कमजोरी देखिएको आरोप लगाएका छन् ।
विभिन्न पाँच वटा प्राध्यापक सङ्गठनहरूले यो विषयमा उपकुलपतिको गम्भीर त्रुटि रहेको भन्दै निष्पक्ष छाबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासनलाई जिम्मेवारी दिनुपर्ने माग समेत गरेका छन् ।
प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न कर्मचारीहरुलाई कारबाही स्वरुप निलम्बन गरी नयाँ व्यवस्थापन गरिएको हुनाले परीक्षा व्यवस्थापन कार्यालयमा लगाइएको ताला खोल्न आग्रह समेत गरेका छन् ।
काठमाडौं : नेपाली कांग्रेसको काठमाडौंमा आइतबारबाट सुरु भएको विशेष महाधिवेशनमा पहिलो दिन २६ सय ६२ जना प्रतिनिधिले नाम दताए गराएका...
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई राजनीतिक पार्टी मात्र नभई देशका सबै प्रकारका वेथितिविरुद्धको अभियान भएको बताएका...
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । विशेष महाधिवेशन उद्घाटन समरोहमा ६२.४...