एमयू कार्यालयका प्रमुखसहित शाखाका ६ जना कर्मचारीलाई कारबाही – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

एमयू कार्यालयका प्रमुखसहित शाखाका ६ जना कर्मचारीलाई कारबाही

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू) ले प्रश्नपत्र आउट गरेको भन्दै परीक्षा व्यवस्थापन प्रमुख नगेन्द्र साउदसहित ६ जनालाई निलम्बन गरिएको छ ।

पुस ३ गतेबाट सञ्चालन हुने भनिएको ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङतर्फ स्नातक तह छैटौं सेमेस्टारको डिजाइन अफ स्ट्रक्चर विषयको परीक्षा प्रश्नपत्र हुनुभन्दा परीक्षा हुनु भन्दा पहिला नै प्रश्नपत्र बाहिरिएको थियो ।

उपकुलपति प्राध्यापक डा। नन्दबहादुर सिंहका अनुसार उक्त प्रश्नपत्र बाहिरिएपछि रद्द गरेर छानबिन भइरहेको छ ।

प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नता देखिएकोले परीक्षा व्यवस्थापन कार्यालयका प्रमुखसहित सम्बन्धित शाखाका ६ जना कर्मचारीहरुलाई कारबाही स्वरुप निलम्बन गरिएको मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा।डा। नन्दबहादुर सिंहले बताए ।

निलम्बनमा पर्ने परीक्षा व्यवस्थापन कार्यालयमा प्रमुख र सम्बन्धित इन्जिनियरिङ शाखामा काम गर्ने पाँच जना कर्मचारीहरू रहेका छन् । उनीहरुको ठाउँमा नयाँलाई जिम्मेवारी दिएको र अब छिट्टै परीक्षा सञ्चालन हुने उपकुलपति सिंहले बताए ।

‘‘प्रश्नपत्र चुहाएर पास गराउने पुरानै खेल रहेछ । यो विश्वविद्यालयको इज्जतसँग जोडिएको विषय भएकाले यस्ता गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउछौं । प्रश्नपत्र लिग गरेर केही विद्यार्थीलाई पास गराइन्छ भन्ने पहिले नै सुनेको थिए । पछि मैले टिम परिचालन गरे । पुस २ गते साँझ ६ः४१ बजे नै प्रश्नपत्र मेरो मोबाइलमा आएको थियो । भोलिपल्ट परीक्षा हुँदासम्म कुरे । मैले पाएको पश्नपत्र हुबहु रहेछ । अनि तत्काल परीक्षा रोक्न निर्देशन दिएको थिए,’ उनले भने ।

उक्त विषयमा प्राध्यापक संगठनहरुले भने स्वयं उपकुलपति सिंहको समेत कमजोरी देखिएको आरोप लगाएका छन् ।

विभिन्न पाँच वटा प्राध्यापक सङ्गठनहरूले यो विषयमा उपकुलपतिको गम्भीर त्रुटि रहेको भन्दै निष्पक्ष छाबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासनलाई जिम्मेवारी दिनुपर्ने माग समेत गरेका छन् ।

प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न कर्मचारीहरुलाई कारबाही स्वरुप निलम्बन गरी नयाँ व्यवस्थापन गरिएको हुनाले परीक्षा व्यवस्थापन कार्यालयमा लगाइएको ताला खोल्न आग्रह समेत गरेका छन् ।

सम्बन्धित समाचार

देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
  • २०८० पुष १९, १३: ५४

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
  • २०८० पुष १९, १३: ५४

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
  • २०८० पुष १९, १३: ५४

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...