काठमाडौँ । नेपाल वायुसेवा निगमका विमान चालक सम्राटबहादुर शाहविरूद्ध मुद्दा दायर भएको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीबार (आज) विशेष अदालतमा नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा शाहविरूद्ध मुद्दा दायर गरेको हो ।
शाह २०७१ फागुन १० गते नेपाल वायुसेवा निगममा जुनियर क्याप्टेनको रूपमा नियुक्त भएका थिए । पछि आठौं तहको विमान चालक (क्याप्टेन) पदमा बढुवा भएका थिए । त्यसैबीच उनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी परेको थियो ।
शाहले भारतको सेकेन्डरी एडुकेशन काउन्सिल, उत्तरप्रदेश अन्तर्गत भि।एस।जे इन्टर कलेज साराहारी गोरखपुरबाट इन्टरमिडियट एग्जामिनेशन, २००३ (प्राइभेट परीक्षा) प्रथम श्रेणीमा उत्तीर्ण भएको प्रमाणपत्र पेश गरेका थिए । अनुसन्धानको क्रममा उक्त प्रमाणपत्र नक्कली भएको पाइएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको ओहोदा लिएको भन्दै उनलाई ५ महिनादेखि एक वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि २० हजार रुपैयाँसम्म जरिवानाको सजाय मागदाबी गरेको छ ।
उनीविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिम सजाय माग दाबीसहित मुद्दा दायर गरेको छ ।
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...
काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...