आजको दिन विद्युत व्यापारका दृष्टिले कोशेढुंगा हुनेछ : प्रधानमन्त्री प्रचण्ड – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

आजको दिन विद्युत व्यापारका दृष्टिले कोशेढुंगा हुनेछ : प्रधानमन्त्री प्रचण्ड

रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजबाट १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएको बताउँदै बताउका छन् ।

बिहीबार दिउँसो रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा निर्माण भएको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले आजको दिन विद्युत व्यापारका दृष्टिले कोशेढुंगा हुने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सहमतिले नेपालको उर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को हुनेमा जोड दिए ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘मेरो भारत भ्रमणका क्रममा नै नेपालले दश वर्षमा दश हजार विद्युत भारतलाई बिक्री गर्ने सम्झौता भएको थियो। भारतका विदेशमन्त्रीको नेपाल भ्रमणले अब नेपालले विद्युत निर्यात गर्ने ठोस सम्झौता भएको छ । यो आफैमा ऐतिहासिक उपलब्धि हो । भारतमा मात्रै होइन, बंगलादेशसँग समेत विद्युत निर्यातको ढोका खुलेको छ । अब भारतको ग्रिड प्रयोग गरी बंगलादेशसँग विद्युत व्यापार हुनेछ ।’

संसदको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम टुंगोमा पुर्याउन सत्ता गठबन्धनले राष्ट्रिय सहमति चाहेको प्रधानमन्त्रीले स्पष्ट पारे ।

‘यो सत्ता गठबन्धन सानो दुखले बनाएको गठबन्धन होइन, त्यसैले गठबन्धन सुदृढ गर्न हामी सबै दृढ छौं। तर, कतिपय विषयमा राष्ट्रिय सहमति जरूरी हुन्छ, त्यसले मुलुक र लोकतन्त्रको हित नै गर्छ। अहिले हामीले सदनको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी काम टुंगाउन राष्ट्रिय सहमति चाहेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्रीले रामेछाप जिल्लामा सुनापति गाउँपालिकाले भौतिक विकासमा राम्रो प्रगति बनाउँदै प्रशासनिक भवनअनुरूपको सेवा प्रवाह, शिक्षा(स्वास्थ्यको विकास, कृषि(पर्यटनको प्रवर्धन र रोजगारी सिर्जनामा केन्द्रित हुन जनप्रतिनिधिहरूलाई अपील गरे ।

सम्बन्धित समाचार

देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
  • २०८० पुष १९, १७: ४४

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
  • २०८० पुष १९, १७: ४४

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
  • २०८० पुष १९, १७: ४४

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...