गगन थापाको आक्रोस: काम नगर्ने मन्त्रिलाई घर फर्काउनुस् – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper
मन्त्रिमण्डल प्राइभेट कम्पनि होइन्

गगन थापाको आक्रोस: काम नगर्ने मन्त्रिलाई घर फर्काउनुस्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलका नेताहरु प्रति आक्रोस पोखेका छन् ।

महामन्त्री थापाले एक कार्यक्रममा बोल्दै दलका सबै नेताहरुले पाटि बिग्रीयो भन्दै आफुलाई नै हेरेर भन्ने गरेको भन्दै आक्रोस पोखेका हुन् ।

उनले पाटिका सभापति शेर बहादुर देउवालाई कसैले केहि भन्न नसक्ने तर सबैले पाटि बिग्रियो भनेर आफुलाई नै ताकेर भन्ने गरेको बताएका छन् ।

उनले भने, ‘ सभापतिलाई कसैले केहि भन्न नसक्ने । बैठकहरुमा सबैले मलाई नै हेरेर पाटि बिग्रियाे भन्ने । सबैले मलाई नै भन्ने भए जिम्मेवारी दिए भैगो त । मैले चलाउँछु भनेकै छु । म चलाउछु भन्दा जिम्मावारी पाउँदिन । यो केन्दिय समितिको बैठकले राष्टिय सभाको यसपालिको उम्मेदवार छनोट गर्ने कुरा महामन्त्रीलाई एकल गर्न दिने भनोस् म देखाईदिन्छु, न्याय कसरी दिने ।’

महामन्त्री थापाले सभापतिलाई हेरेर पाटि बिग्रियो भन्ने आँट गर्न कसैले नसक्ने अनि आफूलाई नै भन्ने गरेको बताएका छन् । सरकारमा हामी छौ । प्रदेशमा स्थानिय तहमा काँग्रेस छ । काम गर्न नसके घर फिर्ता आउ भन्ने हो भन्दै उनले अभिव्यक्ति दिएका छन् ।

उनले अगाडि भनेका छन्,‘ सरकारमा नौ जना मन्त्रि काँग्रेसको छ । मुख्यमन्त्रीमा हामी छौ, प्रदेशमा, वडामा हामी छौँ । जिम्मा लिने हो मन्त्रीले काम गर्न नसके घर आउँ भन्ने हो । प्राइभेट कम्पनि हो । प्रत्येक साथीहरुले जिम्मा लिएको काम गर्ने हो भने पाटि आफै बन्छ ।’

महामन्त्री थापाले आफू नौ महिना मन्त्री हुदा आफूले चाहि काम गरेको बताएका छन् ।

सम्बन्धित समाचार

देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
  • २०८० पुष २०, १४: १३

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
  • २०८० पुष २०, १४: १३

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
  • २०८० पुष २०, १४: १३

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...