टिआरसी विधेयक र विभिन्न काण्डबाट बच्न एमालेसँग गठबन्धनः डा. शेखर – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper
सन्दर्भः राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई भागबण्डा

टिआरसी विधेयक र विभिन्न काण्डबाट बच्न एमालेसँग गठबन्धनः डा. शेखर

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले सत्तारुढ गठबन्धन दलहरुबीच प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग राष्ट्रिय सभा निर्वाचनमा भागबण्डाको आधारमा सिट वाँडफाँट गर्ने सहमति विभिन्न काण्डबाट बच्नका लागि गरिएको बार्गेनिङ भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसवुकमा एक स्टाटस पोष्ट गर्दै बरिष्ठ नेता डा. कोइरालाले सत्ता गठबन्धनमा आवद्ध दलका नेताप्रति लक्षित गर्दै टिआरसी (सत्य निरुपण तथा बेपत्ता छानबिन सम्वन्धी) विधेयक र विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएकाले विपक्षी दलसँग पनि मिलेमतो गरेको दाबी गरेका हुन् ।

‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठवन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । हुन त यो श्रृङ्ंखला एमालेलाई संसदीय समितिमा तीन सभापति दिने दिनबाटै सुरु भएको हो’, नेता कोइरालाले भनेका छन् ।

उनको प्रश्न थियो, ‘एमाले, एक–दुई सिटका लागि जे पनि हस् ? यदी यसो हैन भने केन्द्र र सबै प्रदेशमा एमाले पनि सरकारमा आए भैगो । किन बाहिर बसेर केही पदका लागि बार्गेनिङ गर्नु ?’

नेता कोइरालाले संसदीय समितिका तीन सभापति र राष्ट्रिय सभाका दुई तीन सिट पाएपछि प्रमुख प्रतिपक्ष एमालेले राष्ट्रिय मुद्धामा आँखा चिम्लनु झनै दुर्भाग्यपूर्ण हुने बताएका छन् ।

उनले टिआरसीका सम्बन्धमा सर्वोच्च अदालतको गम्भीर प्रकृतिका मुद्धामा क्षमा दिन नहुने निर्देशनात्मक आदेश र मानव आधिकारका राष्ट्रिय तथा अन्तराष्ट्रिय कानूनको अधिनमा रहेर द्वन्दबाट पीडितहरुले पर्याप्त क्षतिपूर्ति पाउने गरी मात्र विधेयक आउन पर्नेमा जोड दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा विभिन्न काण्डमा मुछिन सक्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्य निरुपण तथा बेपत्ता छानबिन सम्वन्धी कानूनले तानिन सक्नेतर्फ संकेत गरेका थिए ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० पुष २०, १३: ४९

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०८० पुष २०, १३: ४९

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०८० पुष २०, १३: ४९

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...