काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।
राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न बैठक बस्न लागेको हाे । बैठक शनिबारका लागि तय भएको थियो । तर, सत्ता गठबन्धनबीच शनिबार सिट बाँडफाँटमा सहमति नभएपछि बैठक आज बस्न लागेको हो ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते (सोमबार) उम्मेदवारी दर्ताको कार्य तालिका छ । त्यसैले कांग्रेस आफ्नोतर्फबाट उम्मेदवार टुंगो लगाउन जुटेको हो ।
राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुने छ । एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछ ।
सिट बाँडफाँटलाई अन्तिम टुंगो लगाउन सत्ता गठबन्धनका दलहरुको बैठक आइतबार बिहान पनि बस्दै छ । शनिबार मध्यरातसम्म बसेको बैठकमा कांग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले ६ र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट लिने मोटामोटी सहमति भएको नेताहरुले बताएका छन् ।
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...
काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको...
काठमाडौं : संघीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६...