
का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद प्रदर्शनी तथा सार्वजनिक व्याख्यान कार्यक्रम सम्पन्न भएको छ।
आगामी जुन २१ मा मनाइने अन्तर्राष्ट्रिय योग दिवसलाई लक्षित गर्दै त्रिभुवन विश्वविद्यालय परिसरमा आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. सुशीलबहादुर बज्राचार्य प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

प्रदर्शनीमा विभिन्न प्रकारका आयुर्वेदिक उत्पादनका साथै आयुर्वेदिक औषधि निर्माणमा प्रयोग हुने जडीबुटी तथा औषधीय वनस्पतिका नमुनाहरू प्रदर्शन गरिएको थियो। कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका विद्यार्थी, आयुर्वेद चिकित्सक तथा यस क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको दूतावासले जनाएको छ।

कार्यक्रममा शिक्षक, विद्यार्थी तथा योगप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले स्वास्थ्य, सद्भाव र समग्र कल्याणको सन्देश बोकेको योगको महत्वबारे चर्चा गर्दै सामूहिक योग अभ्यास गरेका थिए।

योग सत्रपछि आयुर्वेद प्रदर्शनी (आयुर्वेद एक्स्पो) आयोजना गरिएको थियो। प्रदर्शनीको उद्घाटन उपकुलपति डा. बज्राचार्य, आयुर्वेद क्याम्पसका प्रमुख डा. शिव मंगल प्रसाद तथा भारतीय दूतावासका प्रथम सचिवले संयुक्त रूपमा गरेका थिए।
प्रदर्शनीमा विभिन्न आयुर्वेदिक उत्पादनका साथै आयुर्वेदिक औषधि निर्माणमा प्रयोग हुने जडीबुटी र औषधीय वनस्पतिका नमुनाहरू प्रदर्शन गरिएको थियो। कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका विद्यार्थी, आयुर्वेद चिकित्सक तथा यस क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको जनाइएको छ।

यसैबीच, ‘मनोवैज्ञानिक स्वास्थ्यका लागि आयुर्वेद’ विषयमा सार्वजनिक व्याख्यान पनि आयोजना गरिएको थियो। व्याख्यानमा मानसिक स्वास्थ्य प्रवर्द्धन, भावनात्मक सन्तुलन तथा समग्र स्वास्थ्य सुधारमा आयुर्वेदका सिद्धान्त र अभ्यासहरूको भूमिकाबारे प्रकाश पारिएको थियो।
वक्ताहरूले आधुनिक जीवनशैलीका कारण बढ्दै गएका मनोवैज्ञानिक चुनौतीहरूको समाधानमा आयुर्वेद उपयोगी हुन सक्ने उल्लेख गर्दै सन्तुलित र स्वस्थ जीवनशैली अपनाउन आयुर्वेदको महत्वमाथि जोड दिएका थिए।
काठमाडौँ : विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न...
काठमाडौँ : प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै यस विषयमा मन्त्रालयसँग औपचारिक...
काठमाडौं : संघीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख राजस्व संकलन...