
काठमाडौँ : प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूको उपस्थिति नदेखिएको भन्दै विपक्षी सांसदहरूले आपत्ति जनाएपछि सभामुखले बैठक केही समयका लागि स्थगित गरेका छन् ।
बजेटमाथि नौ वटा मन्त्रालयसँग सम्बन्धित छलफल चलिरहेका बेला सीमित संख्यामा मात्र मन्त्री उपस्थित भएको भन्दै सांसदहरूले प्रश्न उठाएका थिए। उनीहरूले मन्त्रालयगत छलफल प्रभावकारी बनाउन सम्बन्धित मन्त्रीहरूको अनिवार्य उपस्थितिको माग गरे।
सांसदहरूको असन्तुष्टिपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरी आवश्यक समन्वय गर्न समय दिएका हुन् ।
यसअघि पनि बजेट छलफलका क्रममा मन्त्रीहरूको उपस्थिति नहुँदा संसद् बैठक प्रभावित भएको थियो । एमाले सांसद राजेन्द्र राईले रोष्ट्रममा उभिएर विरोध जनाएपछि सभामुखले बैठक रोक्दै मन्त्रीहरूलाई उपस्थित हुन निर्देशन दिएका थिए ।
का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...
काठमाडौँ : विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न...
काठमाडौँ : प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै यस विषयमा मन्त्रालयसँग औपचारिक...