काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले आफ्नो समूहको बैठक बोलाएको छ ।
राष्ट्रियसभाका उम्मेदवारका विषयमा कांग्रेसका सभापति देउवासँग कुरा नमिलेपछि नेता डा। कोइराला र थापा पक्षले आफ्नो समूहको बैठक बोलाएका हुन्।
गबन्धनको विहानको बैठकपछि नेता कोइराला र महामन्त्री थापा सभापति देउवासँग छलफल गर्न धुम्बाराही गएका थिए । उक्त बैठकमा संख्या, मापदण्ड, योगदान लगायतका विषयमा छलफल भएको थियो ।
पार्टी भित्रको भागवण्डामा सम्माजनक हिस्सेदारीको कुरा समेत भएको थियो । शेखर-गगन पक्षले चार जना आफ्नो समूहलाई दिनुपर्ने माग गरेको थियो । सभापति देउवा तिन जनाका लागि तयार भएका थिए ।
पार्टीभित्रको भागवण्डा, मापदण्ड लगायतमा सभापतिसँग कुरा नमिलेपछि शेखर-गगन विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा पुगेका छन् ।
गठबन्धनका दलबाट कांग्रेसले १० उम्मेदवार राष्ट्रिय सभामा उठाउने भएको छ ।
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...
काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको...
काठमाडौं : संघीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६...