राष्ट्रियसभा निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशित – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

राष्ट्रियसभा निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशित

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ ।

आगामी माघ ११ गते हुने निर्वाचनका लागि सात वटै प्रदेशमा खुलेका निर्वाचन अधिकृतको कार्यालयबाट आइतबार अन्तिम मतदाता नामावली प्रकाशन भएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कोशीमा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका प्रमुखरउपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २७४ गरी जम्मा ३६७ जना मतदाता कायम भएका छन् ।

कोशीमा जम्मा १० हजार १३५ मतभार कायम भएको छ । मधेस प्रदेशमा प्रदेश सभा सदस्य १०७ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २६७ गरी जम्मा ३७४ जना मतदाता कायम भएका छन् । यहाँ कुल मतभार १० हजार ७४४ छ । वाग्मती प्रदेशमा ११० जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २३७ जना गरी जम्मा ३४७ जना मतदाता कायम भएका छन् भने मतभार १० हजार ३३३ छ ।

गण्डकी प्रदेशमा प्रदेशसभा सदस्य ६० र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १७० गरी २३० मतदाता कायम भएका छन् । यहाँ कुल मतभार ६ हजार ४१० कायम भएको छ ।

लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८७ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष २१८ गरी जम्मा ३०५ मतदाता कायम भएका छन् । मतभार ८ हजार ७५३ कायम भएको छ । त्यस्तै, कर्णाली प्रदेशमा प्रदेश सभा सदस्य ४० र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १५६ गरी १९६ मतदाता कायम भएका छन् । यहाँ मतभार ५०८४ छ ।

त्यस्तै, सूदुरपश्चिम प्रदेशमा प्रदेश सभा सदस्य ५२ र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष १७६ गरी २२८ जना मतदाता कायम भएका छन् । यहाँ ६ हजार १०० मतभार कायम भएको छ ।

प्रवक्ता पौडेलका अनुसार यसपटक प्रदेश सभा सदस्यको मतभार ५३ छ भने स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षको मतभार १९ रहेको छ । प्रदेश सभा सदस्यको कूल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार ४६२ गरी जम्मा ५७ हजार ५५९ मतभार कायम भएको छ ।

सम्बन्धित समाचार

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
  • २०८० पुष २२, १६: ०७

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...

भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न पहल जारी : मन्त्री चौधरी
भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न पहल जारी : मन्त्री चौधरी
  • २०८० पुष २२, १६: ०७

काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको...

नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने
नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने
  • २०८० पुष २२, १६: ०७

काठमाडौं : संघीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६...