काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गरेका छन्।
सोमबार बिहान कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा सिटौलाले उम्मेदवारी दर्ता गरेका हुन्। सिटौलाको प्रस्तावकमा कोशी प्रदेश सभा सदस्य प्रदीप सुनुवार र समर्थक हिमाल कार्की छन्।
उम्मेदवारी दर्ता गराएपछि सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बन्न लागेको चर्चाबारे पत्रकारहरूले सोधेका थिए।
उनले आफू पहिले संसदमा पुग्ने र त्यसपछि त्यो प्रश्नको जवाफ आउने बताए। ‘पहिला संसदमा पुगौं, त्यहाँ पुगेपछि त्यसको उत्तर आउँछ,’ उनले भने, ‘मुलुकको प्रगतिका लागि पार्टीले मलाई विश्वास गरेको छ।’
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...
काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको...
काठमाडौं : संघीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६...