उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा श्रेष्ठ निर्वाचित – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा श्रेष्ठ निर्वाचित

चितवन । चितवनका व्यवसायी तथा उद्योगीहरुको छाता संगठन उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ विजयी भएका छन् ।

संघको ५७औं साधारण तथा अधिवेशनमा भएको निर्वाचनमा श्रेष्ठले १५१५ ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी सिरिष पन्तले ८४३ मत ल्याए ।

यस्तैं, संघको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी १२२२ मतका साथ विजयी हुँदा अर्का उम्मेदवार राजन पिया ११११ मत ल्याएर पराजित भए । उपाध्यक्षहरुमा राजेन्द्र ओली, नारायण प्रधान र अशोक अधिकारी विजयी भए ।

महिला सदस्यमा अस्मिता रिजाल विजय भइन् । उद्योगतर्फका सदस्यमा इमान्दु बराल, उपेन्द्र पण्डित, शंकर अधिकारी, अशोककुमार श्रेष्ठ, धनप्रसाद पोखरेल, पूर्णिमा जोशी श्रेष्ठ विजयी भए । वाणिज्यतर्फ गुणराज पौडेल, दाताराम घिमिरे, दीपा शाही, श्रीकृष्ण लम्साल, सन्तोषजनक भुषाल सुनिता लिगल कर्माचार्य विजयी भए ।

वस्तुगततर्फ ४ जना, कर्पोरेटतर्फ २ जना, क्षेत्रियतर्फ १ जना गरेर ७ जना यसअघि नै सर्वसम्मत भैसकेका थिए । अधिवेशनमा अधिकांश उम्मेदवार संस्थापन पक्षका विजयी भएका छन् ।

सम्बन्धित समाचार

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
  • २०८० पुष २४, १०: ४४

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...

भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न पहल जारी : मन्त्री चौधरी
भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न पहल जारी : मन्त्री चौधरी
  • २०८० पुष २४, १०: ४४

काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको...

नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने
नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने
  • २०८० पुष २४, १०: ४४

काठमाडौं : संघीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६...