विराटनगर । पाँच महिनादेखि सभामुखविहीन रहेको कोशी प्रदेशसभाले आजै सभामुख पाउने भएको छ । मंगलबार बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठलके आजै सभामुखको निर्वाचन गर्नेगरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको छ ।
कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारका अनुसार आज ३ बजे सभामुखको निर्वाचन गर्नेगरी कार्यसूची प्रकाशित गर्ने निर्णय भएको हो । सभामुख चयन गर्न सत्तारूढ र प्रमुख प्रतिपक्षी दलको बैठक आज बिहानैदेखि चलिरहेको छ ।
गत साउन १६ तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सघाएयता कोशीमा सभामुख पद रिक्त छ । गत वर्षको पुस २८ गते निर्विरोध निर्वाचित सभामुख गौतमले राजीनामा दिँदै आर्थिक मामिला तथा योजना मन्त्रालय रोजेका थिए ।
त्यसयता रिक्त रहेको सभामुख चयनको प्रक्रिया अझै पनि अलपत्र नै थियो ।
काठमाडौं : संघीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६...
काठमाडौं : नेपाली कांग्रेसका सचेतक निष्कल राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। बुधबार...
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद...