काठमाडौं । मंगलबार बसेको संसदको पूर्वाधार समिति बैठकमा सांसदहरुले भारतसँग भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताको डकुमेन्ट नआएसम्म बैठक सुरु नहुने अडान राखेका छन् ।
ऊर्जा मन्त्री शक्ति बस्नेत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको उपस्थितमा सुरु भएको बैठकमा सांसदहरुले भारतसँग भएको दीर्घकालीन विद्युत् ब्यापारको डकुमेन्ट पाइसकेपछि मात्रै बैठक सुरु हुनुपर्ने बताए ।
यसअघि नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत् ब्यापार सम्झौता भएको थियो । सो सम्झौताको डकुमेन्ट नपाएसम्म बैठक बस्नुको औचित्य नहुने सांसदहरुको भनाइ छ ।
सांसदहरु सिके राउत, ठाकुर गैरे, प्रतिमा गौतम लगायतले सम्झौताको डकुमेन्ट नआएसम्म अन्य एजेन्डामा प्रवेश नगर्ने भनेपछि वैठक अगाडि बढ्न सकेको छैन ।
काठमाडौं : संघीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६...
काठमाडौं : नेपाली कांग्रेसका सचेतक निष्कल राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। बुधबार...
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद...