नेप्सेमा २० अंकको वृद्धि – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

नेप्सेमा २० अंकको वृद्धि

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक २०.६२ अंकले बढेर २०८९.१२ विन्दुमा कायम भएको छ। आइतबार २६ अंकले घटेको नेप्से सोमबार ३६ अंकले बढेको थियो।

यसदिन नेप्से बढेसँगै कारोबार रकमा पनि वृद्धि भएको छ। ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रुपैयाँमा खरिदबिक्री भएका छन्। सो दिन ४ अर्ब ६७ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

सेयर बजार दोहोरो अंक बढ्दा १० कम्पनीको मूल्यमा पोजिटिभ सर्किट लागेको छ। कर्णाली डेभलपमेन्ट बैंक,सिन्धुली विकास बैंक,कालिका लघुवित्त वित्तीय,सप्तकोशी डेभलपमेन्ट बैंक,अपर स्यांघी हाइड्रोपावरलगायत १० वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेको हो।

आज धवलागिरी लघुवित्त वित्तीयका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको मूल्य ८.१९ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा सोनापुर शीर्षस्थानमा रह्यो। सो कम्पनीको २१ करोड बढी रुपैयाँको सेयर कारोबार भयो।

यसैगरी नेपाल इन्फ्रास्टक्चर बैंक १९ करोड,सोल्टी होटल १७ करोड,माउन्टेन इनर्जी १२ करोड र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स १२ करोड बढी मूल्यको सेयर कारोबार गरी कमाउने शीर्ष पाँच कम्पनीभित्र परे।

आज हाइड्रोपावर,मनु एण्ड प्रो र म्युचुअल फण्डको सूचक बाहेक अन्यको बढ्यो। डेभलपमेन्ट बैंक समूहको उपसूचक सर्वाधिक ५.२१ प्रतिशतले बढ्यो।

फाइनान्सको ३.६१,होटल्स एण्ड टुरिजमको २.७२,माइक्रोफाइनान्सको १.११ प्रतिशतले सूचक बढेको हो। यसदिन १६५ कम्पनीको मूल्य बढ्दा ७७ वटाको घट्यो भने ५ को मूल्य स्थिर रह्यो।

सम्बन्धित समाचार

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
  • २०८० पुष २४, १६: ०२

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...

भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न पहल जारी : मन्त्री चौधरी
भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न पहल जारी : मन्त्री चौधरी
  • २०८० पुष २४, १६: ०२

काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको...

नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने
नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने
  • २०८० पुष २४, १६: ०२

काठमाडौं : संघीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६...