प्रचण्डलाई रंग बदल्न छेपारोकाे जस्तो मौसम चाहिँदैन: शंकर पोख्रेल – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

प्रचण्डलाई रंग बदल्न छेपारोकाे जस्तो मौसम चाहिँदैन: शंकर पोख्रेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छेपारोको संज्ञा दिएका छन् । उनले छेपारोलाई बरु रंग बदल्न मौसम चाहिने भएपनि प्रचण्डलाई नेपाली राजनीतिमा रंग बदल्न मौसम नचाहिने बताएका हुन् ।

पोख्रेलले एमालेको जिल्ला प्रशिक्षणलाई सम्बोधन गर्दै सरकारले मुलुकलाई अराजकतातर्फ लगेको बताउँदै गठबन्धन जनमत र कर्मबाट असफल भएको बताए । सरकारले मान्छेलाई गोली ठोक्ने र घटना सामान्यकरण विभिन्न प्रलोभन बाँड्ने काम भएको पुर्व मुख्यमन्त्री समेत रहेका पोख्रलले बताए ।

एमालेले निर्वाचनपछिनै जनादेश जनताको लागि भएन भनेर बताएकाले अहिले परिणाममा देख्दै आएको पोख्रेलले बताए । उनले सरकारका गतिविधिका कारण देशमा राजनीतिक अस्थितरता र निराशासहितको अराजकता कायम रहेको बताए । राज्य र जनताको बिचमा समन्वय आवश्यक भएकाले अहिलेको गठबन्धन सरकारबाट कल्पना पनि गर्न नसकिने पोख्रेलले बताए ।

एमालेले निर्वाचनपछि नेपाली राजनीतिक इतिहासमा मिसनग्रास रुट अभियानमार्फत बस्तीस्तरमा पुगेर सवैभन्दा बढि ८ सय ५० रिपोर्ट बनाएर पार्टीको केन्द्रीय कार्ययोजना बनाएको पोख्रेलले बताए । त्यस्तै केहि समय अगाडि सम्पन्न गरिएको समृद्धिको संकल्प यात्राले नेपाली राजनीति र मुलुकलाई पश्चयगमनतर्फ मोडन खोज्ने प्रवृतिलाई ब्रेक लगाएको पोख्रेलले दाबी गरे ।

नेकपा एमाले गुल्मीले पार्टी प्रशिक्षणलाई पछिल्लो समय निकै जोड दिएको छ । तीन हप्ता गुल्मीका सवै पालिकाका १४ वटा विषय नेता कार्यकर्ता प्रशिक्षण सकेको छ । अहिले फेरि जिल्ला स्तरीय प्रशिक्षणको आयोजना गरिएको छ ।

सम्बन्धित समाचार

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
  • २०८० पुष २५, ११: ००

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...

भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न पहल जारी : मन्त्री चौधरी
भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न पहल जारी : मन्त्री चौधरी
  • २०८० पुष २५, ११: ००

काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको...

नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने
नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने
  • २०८० पुष २५, ११: ००

काठमाडौं : संघीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६...