काठमाडौँ । तनहुँको भिमादमा जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् ।
भिमाद नगरपालिका वडा नम्बर ५ आमडाँडा र सेर्काभञ्ज्याङबीचको वरघुम्तीमा पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज६३५६ नम्बरको जिप दुर्घटनामा परेको हो ।
इलाका प्रहरी कार्यालय भिमादका असई उदयराज पौडेलले घाइतेहरूलाई भिमादस्थित सेतीगंगा सामुदायिक अस्पताल र पोखरा लगिएको जानकारी दिए ।
घटनास्थलबाट फर्किएका वडा नम्बर ५ का अध्यक्ष पदमबहादुर थापाले घुम्तीबाट करिब ३ सय मिटर तल जिप खसेको जानकारी दिए ।
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...
काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको...
काठमाडौं : नेपाली कांग्रेसका सचेतक निष्कल राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। बुधबार...