
काठमाडौं । अनुयायी बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनका समर्थकहरु केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको कार्यालय नजिक भेला भएका छन् । उनका समर्थकहरु ठूलो संख्यामा रहेकाले प्रहरी पनि उल्लेख्य संख्यामा परिचालन गरिएको छ ।
बमजनलाई भेट्न भन्दै बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु सीआईबी कार्यालयमा पुगेका छन् । प्रहरीले बमजनका अनुयायीहरुलाई सीआईबी आसपासबाट हटाएको छ ।
बमजनका समर्थकहरु सीआईबी कार्यालयमा भेला भएर भीडभाड भएपछि प्रहरीले रोकेको जनाएको छ । अत्यधिक भीडभाड भएपछि उनीहरुलाई प्रहरीले नजिकै रहेको कान्ति साँस्कृतिक केन्द्रको खाली ठाउँमा पठाएको छ ।
सो स्थानमा प्रहरी वृत्त प्रहरी महाराजगञ्जको टोली पनि परिचालित छ । प्रहरीहरु पनि उल्लेख्य संख्यामा परिचालित छन् । सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बमजनका अनुयायीहरुलाई सीआईबी कार्यालय आसपासबाट हटाइएको बताए ।
उनको बारेमा सीआईबीले पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने बताए ।
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...
काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको...
काठमाडौं : संघीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६...