
काठमाडौं । रामबहादुर बम्जनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदा लामा पनि सीआईबी कार्यालयमा पुगेकी छन् । अनुयायीहरुलाई बेपत्ता पारेको आरोपमा पक्राउ परेका बम्जनलाइृ भेट्न पूर्व राज्यमन्त्री लामा बम्जनको बारेमा गलत प्रचार गरिएको भन्दै बचाउ गर्न सिआइबी कार्यालय पुगेकी हुन् ।
बम्जनलाई मंगलबार सीआईबीको टोलीले बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । बमजनलाई भेट्न बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालयमा पुगेका छन् । यही टोलीमा २०७४ सालमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी लामा पनि थिइन् ।
बमजनलाई भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वराज्यमन्त्री लामाले बमजनलाई सीआईबी कार्यालयमा रहेको थाहा पाएपछि समर्थकहरुसँगै आफू पनि आएको बताइन् । उनले कानुनलाई सम्मान गर्दै अदालतमा हाजिर हुन भनेको बताइन् ।
‘कानुनलाई सम्मान गर्दै उहाँ अदालतमा हाजिर भएको भए पनि हुने हो,’ उनले भनिन् । बरु आफूहरुले नै बम्जनलाई अदालतमा उपस्थित गराउँछौं भन्दा प्रहरीले आफैंले ससम्मान अदालतमा उपस्थित गराउने बताएको लामाले जानकारी दिइन् ।
बमजनलाई भेट्न भन्दै उनका अनुयायीहरु ठूलो संख्यामा सीआईबी कार्यालय पुग्दा भीडभाड भएको थियो । त्यसपछि उनीहरुलाई प्रहरीले हटाएको थियो । उनका अनुयायीहरुलाई प्रहरीले सीआईबी कार्यालय नजिकै रहेको कान्ति साँस्कृतिक केन्द्रको खाली ठाउँमा पठाएको छ । प्रहरीहरु पनि उल्लेख्य संख्यामा परिचालित छन् । उनको बारेमा सीआईबीले पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने बताए ।
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...
काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको...
काठमाडौं : संघीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६...