काठमाडौँ । मौसम प्रतिकुलका कारण धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित भएको छ ।
बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि बुधबार बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि विमान सुर्खेत विमानस्थलमा अवतरण गरेका छन् ।
श्री एयरलाइन्स बिहान ९ः३९ मा उडेको जहाजले धनगढीको आकाशमा ४५ मिनेट फन्को हानेको थियो । तर मौसम नखुलेपछि सुर्खेत विमानस्थलमा अवतरण गरिएको हो । अब सुर्खेतमा अवतरण गरेका विमानहरु मौसम खुलेपछि मात्र त्यहाँबाट उड्ने भएका छन् ।
बुद्ध एयर बिहान ९ः४० मा काठमाडौंबाट उडेको जहाज कर्णालीको आकाशबाटै फर्किएर सुर्खेत विमानस्थलतर्फ गएको थियो । सुर्खेत विमानस्थलमा अवतरण गरेको विमान मौसम खुलेपछि मात्र धनगढीका लागि उड्ने बुद्ध एयरले जनाएको छ ।
धनगढी विमानस्थल कार्यालयका अनुसार बिहान मौसम खुलेका कारण काठमाडौंबाट दुवै एयरलाइन्सका विमान उडेका थिए तर एकाएक बाक्लो हुस्सु लागेपछि विमान अवतरण गर्न नसकेपछि फर्किएका हुन् ।
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...
काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको...
काठमाडौं : नेपाली कांग्रेसका सचेतक निष्कल राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। बुधबार...