भारतले २० करोड खर्च गर्न पाउने सम्झौतामा तनाव लिनुपर्दैन : प्रधानमन्त्री प्रचण्ड – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

भारतले २० करोड खर्च गर्न पाउने सम्झौतामा तनाव लिनुपर्दैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग भएको भारतीय दूतवासले सिधै २० करोड रुपियाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले भारतसँग हाल भएको सम्झौतामा भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनौट गर्न र कार्यान्वयन गर्न कुनै पनि त्यस्तो प्रावधान नराखिएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘भारतसँग हाल भएको सम्झौतामा कुनैपनि त्यस्तो प्रावधान राखिएको छैन । जसले भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनोट गर्न र कार्यान्वयन गर्न सुविधा दिन्छ । यसका साथै आयोजना कार्यान्वयनको नियमित अनुगमन गर्ने र आद्यावधिक समीक्षासमेत नेपाल सरकारकै संयन्त्रबाट हुन्छ । यो परिस्थितिमा यो सम्झौता बाहेक धेरै हामीले तनाव लिनुपर्ने कारण छैन । नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय लिनसक्छ ।’

उनले सम्झौतामा नेपाल सरकारले चाहेको बेलामा जुनसुकै निर्णय गर्नसक्ने बताए ।

सम्बन्धित समाचार

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
  • २०८० पुष २५, १३: ०४

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...

भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न पहल जारी : मन्त्री चौधरी
भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न पहल जारी : मन्त्री चौधरी
  • २०८० पुष २५, १३: ०४

काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको...

नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने
नेपालको आर्थिक–सामाजिक विकासका निम्ति जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने
  • २०८० पुष २५, १३: ०४

काठमाडौं : संघीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६...