विराटनगर । कोशी प्रदेशसभाको चालू चौथो अधिवेशन अन्त्य भएको छ । मंगलबार सभामुखको निर्वाचनपछि बुधबार राति १२ बजेबाट अधिवेशन अन्त्य भएको हो ।
कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेशसभाको चालू चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिस लगतै प्रदेश प्रमुख खापुङले अधिवेशन अन्त्य भएको सूचना जारी गरेका छन् ।
१६ साउनमा तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि रिक्त रहेको सभामुखको निर्वाचन मंगलबार भएको थियो । राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध सभामुख निर्वाचित भएका थिए ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिससँगै राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०८९-०८० को प्रदेशसभामा पेश गर्ने, कोशी प्रदेश कर तथा गैर कर सम्बन्धी विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक तथा कानूनमन्त्री शम्शेर राईले बताए ।
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...
काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको...
काठमाडौं : संघीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६...