वडाध्यक्षका छोरा अपहरण गर्ने तीन जना पक्राउ – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

वडाध्यक्षका छोरा अपहरण गर्ने तीन जना पक्राउ

विराटनगर । मोरङमा अपहरणमा परेका एक जना बालकलाई सकुशल उद्धार गर्न प्रहरी सफल भएको छ । अपहरणमा संलग्न तीन जना पक्राउ परेका छन् ।

जहदा गाउँपालिका-१ बाट मंगलबार दिउँसो ३ बजेतिर १० वर्षीय धनीधर राजवंशी अपहरणमा परेका थिए । उनी जहदा–१ का वडाध्यक्ष बाबुराम राजवंशीका छोरा हुन् । विद्यालयबाट आएर घरनजिकको कोचागरा मन्दिरमा साथीहरूसँग खेल्न निस्किएका बेला बालकलाई अपहरण गरेर लगिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए।

पक्राउ पर्नेमा जहदा-१ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर-१८ का २१ वर्षीय विवेकानन्द यादव छन् । सुरुमा अभिषेक पक्राउ परेका थिए । त्यसपछि अरु दुई जनालाई पक्राउ गर्न प्रहरी सफल भएको हो।

स्कुलमा तिम्रो फोटो खिचाउनुपर्ने छ भनेर ३ जना युवाहरुले ललाईफकाई साइकलमा राखेर लगेको पाइएको छ। त्यहाँबाट अपहरणकारीले भाथीगछ- हरिनगराको गुरुङ टोलमा पुर्‍याएपछि साइकलदेखि ओरालेर मोटरसाइकलमा राखी मास्क लगाएर विभिन्न स्थान हुँदै बालकलाई विराटनगर महानगरपालिका-१५ स्थित खाकीबाबा मन्दिरनजिकको यादव निवासमा पुर्‍याएर राख्न खोजेको दाहालले बताए।

दाहालका अनुसार इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर सन्दीप बेलबासे नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको छ। विस्तृत अनुसन्धानपछि बालकलाई अपहरण गर्नुपर्ने कारण पत्ता लाग्ने उनको भनाइ छ। यद्यपि, बालकलाई भारत पुर्‍याउने योजनासहित अपहरण गरिएको हुनसक्ने प्रहरीको अनुमान छ।

पक्राउ परेकामध्ये मिथिलेशले भारतीय नम्बरको वाट्सएपमा कुरा गरेको पाइएको प्रहरीको भनाइ छ। पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जानकारी उनले दिए।

सम्बन्धित समाचार

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
  • २०८० पुष २५, १७: ५५

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...

भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न पहल जारी : मन्त्री चौधरी
भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न पहल जारी : मन्त्री चौधरी
  • २०८० पुष २५, १७: ५५

काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले गम्भीर भएर पहल गरिरहेको...

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन- निश्कल राई
पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन- निश्कल राई
  • २०८० पुष २५, १७: ५५

काठमाडौं : नेपाली कांग्रेसका सचेतक निष्कल राईले तेस्रो देशमा चिया निर्यातका लागि बजारको सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। बुधबार...