राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका १९ उम्मेदवार जिताउन नेताहरुको अपिल – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका १९ उम्मेदवार जिताउन नेताहरुको अपिल

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन गठबन्धन दलका शीर्ष नेताहरुले सार्वजनिक अपिल गरेका छन् ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले राष्ट्रिय सभामा गठबन्धनको तर्फबाट उठाइएका उम्मेदवारहरुलाई जिताउन संयुक्त अपिल जारी गर्दै आह्वान गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् निर्वाचन समन्वय समितिका संयोजक रमेश लेखकले गठबन्धनका उम्मेदवार सबैका साझा उम्मेदवार भएकाले सबैले मतदान गरेर जिताउनका लागि शीर्ष नेताहरुले आह्वान गर्ने निर्णय भएको बताए । लगत्तै शीर्ष नेताहरुले सार्वजनिक अपिल गरेका छन् ।

उनले १९ जना गठबन्धनका उम्मेदवार जिताउन सात दलका शीर्ष नेताहरुले संयुक्त हस्ताक्षर गर्दै अपिल जारी गरेको बताए ।

आगामी माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ सिटका लागि प्रतिस्पर्धा हुँदैछ । यसपटक गठबन्धनबाट कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टी (जसपा) ले १ सिटमा उम्मेदवारी दिएका छन् ।

यस्तो छ अपिल :

सम्बन्धित समाचार

देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
  • २०८० पुष २९, १५: ०६

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
  • २०८० पुष २९, १५: ०६

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
  • २०८० पुष २९, १५: ०६

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...