आयल निगमको कार्यकारी निर्देशकका लागि १४ जनाको निवेदन – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

आयल निगमको कार्यकारी निर्देशकका लागि १४ जनाको निवेदन

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाले निवेदन दिएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले गत ७ पुसमा एक सुचाना जारी गर्दै दरखास्त आह्वान गरेकोमा आइतबारसम्मको म्यादमा विभिन्न क्षेत्रमा क्रियाशील १४ जनाले निवेदन दिएका हुन् ।

मन्त्रालयका अनुसार लोहारपट्टि नगरपालिका–३, महोत्तरीका कमलेन्द्रलाल कर्ण, बुढानिलकण्ठ नगरपालिका–८, काठमाडौंका उत्तरकुमार रेग्मी, भरतपुर महानगरपालिका–१४, चितवनका डा। डोलप्रसाद चापागाई, टोखा नगरपालिका–८, काठमाडौंका सहदेव चन्द, धनुषाधाम–२ का रामदेव यादव र राजबिराज–१३, सप्तरीका संजीवकुमार श्रेष्ठले निवेदन दिएका छन् ।

त्यस्तै मोरङका तीन जना पंकजकुमार दास, माधव रेग्मी र आमोदप्रसाद चौधरीले निवेदन दिएका छन् । टोखा–६, काठमाडौंका दिलिप शेखर श्रेष्ठ, भिमसेन थापा गाउँपालिका–१, गोरखाका चण्डिकाप्रसाद भट्ट, लक्ष्मीपुर–८, दाङका बसन्तकुमार पाण्डे, बाग्लुङ नगरपालिका–९ का डोलिन्द्रप्रसाद शर्मा र ललितपुर महानगरपालिका–२४ का शत्रुध्नप्रसाद पुडासैनी रहेका छन् ।

आयल निगममा ०७५ यता खुल्ला प्रतिस्थपर्धाबाट कार्यकारी निर्देशक छनौट थालिएको हो । मन्त्रालयको वाणिज्य तथा आपूर्ती सचिवको नेतृत्वमा छनौट समिति गठन हुने गरेको छ । सो समितिले निवेदन दिएका उम्मेदवारहरुलाई अन्तरवार्ता र व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरणपछि अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद्मा पेश गर्ने र तीमध्ये एकजनालाई कार्यकारी निर्देशकको पदमा मन्त्रिपरिषद् बैठकबाट नियुक्त गर्ने प्रावधान छ ।

सम्बन्धित समाचार

देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
  • २०८० माघ १, १०: ५८

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
  • २०८० माघ १, १०: ५८

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
  • २०८० माघ १, १०: ५८

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...