माघीको अवसरमा कालीगण्डकीमा स्नान गर्नेको घुइँचो – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

माघीको अवसरमा कालीगण्डकीमा स्नान गर्नेको घुइँचो

गुल्मी । तीन जिल्लाको संगमस्थल गुल्मीको रुरुस्थित रिडीमा माघे संक्रान्ती मेलामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।

गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरुक्षेत्र गाउँपालिकाको रिडीस्थित कालीगण्डकी नदीमा स्नान गर्ने र मेला अवलोकन गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको हो ।

माघे संक्रान्तिदेखि तीन दिनसम्म कालीगण्डकीमा स्नान गरेर हृषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास रहिआएको छ । हिन्दू धर्ममाविश्वास राख्नेहरुको बिहानैदेखि रिडीमा जमघट हुने गर्दछन् ।

रिडीमा स्नान गर्न गुल्मी, पाल्पा, स्याङ्जा, अर्घाखाँचीसँगै नेपालका धेरै स्थानबाट श्रदालु भक्तजनको सहभागिता रहने गर्दछ । चार धाममध्यको प्रशिद्ध धार्मिक स्थल रुरु ९रिडी० मा माघे संक्रान्ति मेला सुरू भएसँगै भक्तजनको भिड लाग्छ ।यहाँ स्नान गर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक विश्वास छ । भुल गरेर गरेका पाप नष्टसँगै मन शान्तिकालागि रिडी मेलामा आउने भक्तजनको विश्वास छ ।

यस क्षेत्रमा प्राचिन समयमा देवदत्त ऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । रुरुक्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । रुरु क्षेत्रको हृषीकेश मन्दीरमा नेपालकै सबै भन्दा ठूलो भगवानको मूर्ति पनि रहेको छ ।

रुरुक्षेत्र गाउँपालिका, कृषि ज्ञानकेन्द्र, र स्थानीय क्लब, विभिन्न संघ संस्थाको आयोजनामा गरिने मेलामा विशेषगरि रुरुको गुड, कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामग्रिहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ ।

व्यापार तथा धार्मिक पर्यटनका लागि व्यपारिहरु रुकुम रोल्पालगायतका ठाउँबाट रिडी आउने गर्दछन् । मेलामा बिबिध साँस्कृतिक कार्यक्रम समेत राखिंदै आएको छ । मेलामा घरेलु उत्पादित सामग्री, कृषि उपज वस्तुहरुलाई प्रर्दशनीमा राखिदै आएको छ । सांस्कृतिक कार्यक्रम बाहेक मतकुवा, वाल उड्यन, पिङ्ग, कालिगण्डकीमा र्‍याफ्टिङ्ग, कृषि मेला प्रर्दशनि, स्थानीय तिन जिल्लाका विभिन्न संस्कृति झल्कने नाचगान तथा विभिन्न परिकारहरु पनि मेलामा राखिएको छ ।

ऐतिहासिक क्षेत्र रिडीमा माघे संक्रान्तीसँगै एकादसी, साउने संक्रान्ती, असारे एकादसी, भदौ कृष्ण अष्ठमी, कार्तिक ठूला एकादसीलगायतका पर्वहरुमा मेला तथा यस क्षेत्रमा नुहाउने तथा पुजा आज गर्ने प्रचलन छ । माघे सक्रान्तिको अबसरमा सेतीबेनी, रुद्रावेणी, लेक पोखरा छापहिले, इस्मा गाउँपालिकाको छल्दी लगयतका स्थानमा पनि मेला लाग्ने गर्दछ ।

सम्बन्धित समाचार

देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
  • २०८० माघ १, १४: २०

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
  • २०८० माघ १, १४: २०

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
  • २०८० माघ १, १४: २०

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...