श्रीमती हत्यामा जन्मकैदको सजाय पाएका व्यक्ति २१ वर्षपछि पक्राउ – Naya Bikalpa
October 23, 2026, Friday      Epaper

श्रीमती हत्यामा जन्मकैदको सजाय पाएका व्यक्ति २१ वर्षपछि पक्राउ

काठमाडौं । आफ्नै श्रीमतीको हत्यामा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले धादिङका ७० वर्षीय सूर्यबहादुर दवाडीलाई पक्राउ गरेको हो ।

सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले दवाडीलाई माघ १ गते रुपन्देहीको सिद्धार्थ नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको जानकारी दिए ।

अंशसम्बन्धी विषयमा विवाद हुँदा आफ्नै श्रीमती सानुमाया दवाडीको हत्या गरी आफैले सतगत गरेका आरोपमा उनीविरुद्ध जिल्ला अदालत धादिङमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा परेको थियो ।

२०६१ साल जेठ ५ गते मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत धादिङले दवाडीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । त्यसपछि उनी जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन अदालत पाटन पुगेका थिए । पुनरावेदन अदालत पाटनले जिल्ला अदालतको फैसला सदर गरिदिएपछि उनी फरार भएका थिए ।

उनी भारतको विभिन्न स्थानमा लुकीछिपी बसेको र हाल नेपाल आएको सूचना पाएपछि प्रहरीले उनको खोजि तीव्र पारेको थियो। पक्राउ परेका दवाडीलाई थप कारवाहीका लागि जिल्ला अदालत धादिङ बुझाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

दसैं मनाएर उपत्यका फर्किने बढ्दै
दसैं मनाएर उपत्यका फर्किने बढ्दै
  • २०८० माघ २, १५: २०

काठमाडौं : दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ...

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच रोचक प्रश्नोत्तर
  • २०८० माघ २, १५: २०

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको स्वरूप र भविष्यबारे...

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण, सिंचाइमा सहज
  • २०८० माघ २, १५: २०

तुलसीपुर (दाङ) : दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिंचाइ सुविधामासहजता...