
काठमाडौं । आफ्नै श्रीमतीको हत्यामा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले धादिङका ७० वर्षीय सूर्यबहादुर दवाडीलाई पक्राउ गरेको हो ।
सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले दवाडीलाई माघ १ गते रुपन्देहीको सिद्धार्थ नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको जानकारी दिए ।
अंशसम्बन्धी विषयमा विवाद हुँदा आफ्नै श्रीमती सानुमाया दवाडीको हत्या गरी आफैले सतगत गरेका आरोपमा उनीविरुद्ध जिल्ला अदालत धादिङमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा परेको थियो ।
२०६१ साल जेठ ५ गते मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत धादिङले दवाडीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । त्यसपछि उनी जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन अदालत पाटन पुगेका थिए । पुनरावेदन अदालत पाटनले जिल्ला अदालतको फैसला सदर गरिदिएपछि उनी फरार भएका थिए ।
उनी भारतको विभिन्न स्थानमा लुकीछिपी बसेको र हाल नेपाल आएको सूचना पाएपछि प्रहरीले उनको खोजि तीव्र पारेको थियो। पक्राउ परेका दवाडीलाई थप कारवाहीका लागि जिल्ला अदालत धादिङ बुझाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं : यो भन्दा अगाडिको संसद्मा तत्कालीन उपप्रधानमन्त्री प्रकाशमान सिंहदेखि पराराष्ट्रमन्त्री आर्जु राणालाई संसद्मै पशुपतिनाथलाई ढोक्दै अबको संसद्मा यी अनुहार...
हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौं सभा बैठक बुधबार हेटौंडामा सम्पन्न भएको छ । बैठक प्रतिष्ठानका कुलपति तथा...
काठमाडौं : सरकारले संसद् छलेर अध्यादेश ल्याएको भन्दै प्रतिपक्षी दलहरूले असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार दलले संयुक्त रूपमा...