वाइड बडी विमानमा प्राविधिक समस्या आएपछि यात्रु अलपत्र – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

वाइड बडी विमानमा प्राविधिक समस्या आएपछि यात्रु अलपत्र

काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडीमा कम्प्युटर सेन्सरको खराबी देखिएपछि काठमाडौंबाट दोहो उड्नुपर्ने २ सय ७६ यात्रु नेपालमा र दोहाबाट काठमाडौं आउनुपर्ने २ सय ५६ यात्रु दोहामा अलपत्र परेका छन् ।

निगमको विमानस्थलस्थित जहाज मर्मत सम्भार सम्बन्धित इन्जिनियरिङ मर्मत विभागले सोमबार राति साढे १ बजे निगमको आरए–२३९ उडान नम्बरको ‘अल्फा लिमा जुलु’ जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा ‘फल्ट’ देखिएकाले जहाज ग्राउन्डेड गरिएको घोषणा गर्दै दोहा उडान रद्ध गर्नुपर्ने जनाएको थियो । काठमाडौंमा अलपत्र परेका यात्रुलाई राति २ बजे सुन्धारा, गौशाला र ज्ञानेश्वरमा गरी तीनवटा होटलमा राखिएको छ ।

निगमको अपरेसन विभागका एक अधिकारीका अनुसार इन्जिनियरिङ विभागले यो जहाज कतिबेला मर्मत हुने यकिन भनिसकेको छैन । उनका अनुसार बेलैमा सामान आइहाले तीन दिनमा मर्मत हुन्न सक्छ ।

निगमसँग दुईवटा न्यारो र दुइटा वाइडबडी जहाज छन् । यीमध्ये एउटा न्यरोबडी मर्मतका लागि इजरायलमा पठाइएको छ । अर्को वाइडबडी दुबईबाट फर्किँदै छ । त्यो जहाज मंगलबार बेलुकी जापानको नारिता उड्नुपर्ने तालिका भएपनि काठमाडौंबाट दिल्ली जानु पर्ने वा दिल्ली उडान रद्ध गरेर दोहो उड्नुपर्ने छ । त्यहाँबाट फर्केर जापान बेलैमा उड्ने तालिका प्रभावित हुने सम्भावना छ ।

यो वाइडबडी पनि न्यूनतम उपकरणको सूचीमा उड्ने प्रावधान अनुसार उडान रहेको छ । जसका कारण दोहा र नारिता उडान पूर्ण वा आंशिक रुपमा प्रभावित हुने देखिन्छ । यस विषयमा निगमले आधिकारिक रुपमा यात्रुलाई सूचना दिएको छैन ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८० माघ २, १५: ४८

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०८० माघ २, १५: ४८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०८० माघ २, १५: ४८

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...