जाजरकोटमा भारतद्धारा दुई सय प्रि-फ्याब घरहरुको निर्माण कार्य सम्पन्न – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

जाजरकोटमा भारतद्धारा दुई सय प्रि-फ्याब घरहरुको निर्माण कार्य सम्पन्न

काठमडौं । गत पुष १९ गते परराष्ट्रमन्त्री एन.पी. साउदको निमन्त्रणामा विदेशमन्त्री डा. एस. जयशंकरले नेपालको औपचारिक भ्रमण गरेका थिए ।

भारत-नेपाल संयुक्त आयोगको सातौं बैठकमा सहभागि हुन् आएका डा. जयशंकरले जाजरकोट भुकम्प प्रभाबितका लागि २०० घरहरु निर्माण गर्ने बताएका थिए । सोहि बमोजिम उक्त २ सय घरहरुको निर्माण कार्य सम्पन्न भइ नेपाल सरकारका परराष्टमन्त्री साउँदलाई हरुतान्तरण समेत गरिएको छ ।

दुवै मन्त्रीको उपस्थितिमा जाजरकोटका भूकम्प प्रभाबितका लागि भारत सरकारले उपलब्ध गराएको पाँचौं चरणको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएकाे थियो ।

उक्त राहत सामग्रीमा भूकम्पबाट प्रभावित मानिसहरुका लागि २०० वटा प्रिफ्याब घरहरु, १२०० वटा ब्ल्याङ्केट, १५० वटा त्रिपाल र २००० वटा स्लीपिङ् ब्याग रहेका थिए । २०० वटा प्रिफ्याब घरहरु मध्ये २० वटा घरहरु गत पुषमा नै हस्तान्तरण गरिएको थियो भने बाँकी घरहरु आज हरुतान्तरण गरिएको हाे ।

साथै, जाजरकोटमा गएको भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न भारत सरकारले करिब १००० करोड आर्थिक सहयोग उपलब्ध गराउने भारतीय विदेशमन्त्रीले घोषणा गरेका थिए । जसको ठूलो हिस्सा अनुदान सहायता अन्तर्गत रहेको छ ।

संयुक्त आयोगको बैठक पश्चात, भारतीय विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिमा दुई पक्षबीच केहि विषयमा सहमति र समझदारी पत्रमा समेत हस्ताक्षर भएको थियो ।

सम्बन्धित समाचार

देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
  • २०८० माघ २, १७: ४३

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
  • २०८० माघ २, १७: ४३

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
  • २०८० माघ २, १७: ४३

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...